News

युवा नेता योगेश भट्टराई मन्त्री बनेलगत्तै गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलले लियो नयाँ गति, देशले नै विकासको ठुलो मुहार फेर्दै





संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ | आगामी डिसेम्बरभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जानकारी दिँदै अबको चार महिना भित्र संचालनमा ल्याएर पाँच नम्बर प्रदेशलाई नै फाइदा र निकै गतिशील बाउने दाबी गर्नुभयो |

रुपन्देहीको जिल्लाको भैरहवामा स्थित निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थललाई बिहिबार निरीक्षण गर्दै भट्टराईले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएको कारण यस देशकै गौरबशाली योजनालाई जतिसक्दो छिटो सम्पन्न गरि सबै नेपाली जनतालाई फाइदा पुग्ने भन्दै भट्टराइले आस्वस्त पार्नुभयो | उक्त आयोजनालाई रुपन्देही बासीले एक एइतिहासिक हुने ठानेका छन् |

कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुनै नसक्ने र जतिसक्दो गतिशील बनाएर छिटो नै यहाँका बासीलाई सुबिधा सम्पन्न गराउनु पर्नेमा भट्टराईको बिशेष जोड थियो | विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो |

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको समेत मन्त्री भट्टराईले प्रष्ट पार्नुभयो |। उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाइने समेत भट्टराइको योजना रहेको छ |

पहिलोपटक रुपन्देही पुगेका मन्त्री भट्टराईले उक्त विमानस्थल निरीक्षण गरि बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेर त्यहाँका जनता हरु संग समेत भलाकुसारी गरि समस्या समाधानको लागि अग्रसर देखिनु भएको थियो | स्मार्ट खबर बाट