News

वीरगञ्जमा प्रचण्डको पुत्ला दहन





काठमाडौँ – पर्साको वीरगञ्जमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाइएको छ ।पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि खेद्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला दहन गरेको हो ।

वीरगञ्जको घण्टाघरमा प्रचण्डको पुत्ला जलाउँदै उनीविरुद्ध नाराबाजी समेत गरिएको थियो । परिवार सहित युयई भ्रमण गरेर फर्के पछि प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि निकाल्नु पर्ने अभिव्यक्ति दिएका थिए।‘धेरै वकवक गरेर जनताले नागार्जुनबाट पनि निकाल्छन’ प्रचण्डले भनेका थिए। प्रचण्ड प्राय पूर्वराजा ज्ञानेन्द्रका स-साना क्रियाकलापमा पनि अभिव्यक्ति दि रहने गर्दछन।