News

बाख्रापालनबाट कमाएकाे पैसा सडक मर्मतमा





कैलाली – धनगढीका एक किसानले बाख्रापालनबाट भएको आम्दानी सडक मर्मतका लागि खर्च गर्नुभएको छ ।धनगढी उप–महानगरपालिका -११ का स्थानीय हेमबहादुर बिष्टले बाख्रा पालनबाट कमाएको १ लाख २१ हजार रुपैयाँ धनगढी दिपायल फाष्ट ट्र्याक अन्तरगतको पिपलचौतरा-स्याउने सडक खण्डको खाल्टाखुल्टी मर्मतका लागि खर्च गर्नुभएकाे हुाे ।

धनगढी दिपायल फाष्ट ट्र्याक निर्माण सेवा समितिका अध्यक्ष समेत रहेका बिष्टले बाटो मर्मतका लागि प्रदेश र संघ सरकारसँग पटक-पटक अनुरोध गर्दा पनि सहयोग नपाएको गुनासो गर्नुभयोे । ‘खाल्टा खुल्टीले सडकमा गाडी चलाउन समस्या थियो’, अध्यक्ष बिष्टले भन्नुभयो, ‘अन्त्यमा ग्राबेल सम्याउनका लागि धनगढी उप–महानगरपालिकाले उपकरण सहयोग गर्‍यो, मैले खल्तीबाट पैसा खर्चेर २७ ट्रली ग्राबेलले खाल्टाखुल्टी पुरेँ ।’

बिष्ट नेतृत्वको धनगढी -दिपायल फाष्ट ट्र्याक निर्माण सेवा समितिले सडक निर्माणलाई गति दिनुपर्ने भन्दै २०७५ माघ ५ गतेबाट दबाबमूलक संघर्षका कार्यक्रम चलाउँदै आएको थियो ।धनगढी-दिपायल फाष्ट ट्र्याक निर्माणको जिम्मा पहिले केन्द्र सरकारसँग थियो अध्यक्ष बिष्टले भन्नुभयाे, ‘केही दिनका लागि प्रदेशमा अधिकार आयो, फेरि केन्द्रमै गएको छ ।’

बिष्टका अनुसार पालिकाले आफ्नाे मातहतको सडक होइन भन्ने, केन्द्रले प्रदेश र प्रदेशले केन्द्र देखाउने गरेकाले आफूहरु अन्यौलमा परेकाे बिष्टले बताउनुभयाे । ‘स्थानीयले सडक कहिले बन्छ भन्दै मलाई समेत दबाब दिन थाले’, बिष्टले भन्नुभयाे, सम्बन्धित निकायले सहयोग नगरेपछि स्थानीयको माग सम्बोधन गर्न आफैँ खर्च गरेर सडक मर्मत गरेको हुँ ।’उहाँले निजी लगानीमा झण्डै ६ किलोमिटर सडकका खाल्टा खुल्टी मर्मत गर्नुभएको हाेे।