Lifestyle

हिंसात्मक गतिविधिमा मेरो कुनै पनि संलग्नता रहेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताउनु भएको छ । आफुलाई हिस्रक मानिसको रुपमा परिचित गराएको भए पनि आफु त्यस्तो नरहेको स्पष्ट पार्नुभएको हो ।

तत्कालिन माओवादीको विद्रोहको नेतृत्व गरेको समयमा समेत आफुले हिंसात्मक गतिविधिमा संलग्न नभएको समेत बताउनु भएको हो ।

दिनानाथ शर्माद्वारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा बिमोचन कार्यक्रममा बोल्दै उहाँले आफुले कसैको एक लपेटो पनि नखाएको र अरुलाई पनि एक लपेटो समेत नहानेको स्पष्ट पार्नुभएको हो । हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरूले पत्याउदैनन, उहाँले भन्नुभयो ।