News

गुल्मीमा जीप दुर्घटना हुँँदा ५ गम्भीर घाईते, एक बेपत्ता…





गुल्मी । गुल्मीमा शुक्रबार साँझ भएको जीप दुर्घटना हुँदा ५ घाईते भएका छन् भने एक बेपत्ता भएका छन् । बुटवलबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्वरको जीप गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ गौडाकोटमा दुर्घटनामा परेको हो ।

घाईते हुनेमा अर्घाखाँची जिल्ला प्रहरी कार्यलयमा कार्यरत कृष्ण पाण्डे प्रहरी जवान, अर्घाखाँचीकै हरी प्रसाद पाण्डे, गुल्मीका घागिथुमको दिपक विक, शेरबहादुर बिक र बजिन्द्र सुनार रहेका छन् ।

घाईते पाँचै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप अन्यन्त्रीत भई हिडेकाे २ मिनेट भित्रै सडकबाट खसेको थियो । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल दुर्घटनामा एक बेपत्ता भएका छन् । बेपत्ता भएकाे व्यक्तिकाे खाेजी भैरहेकाे पौड्यालले बताउनु भयाे ।

साँझको समयमा दुर्घटना भएको हुनाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । यद्यपि अहिले सम्म पाँच जनालाई उद्धार गरेर उपचारको लागि पाल्पा पठाईएको छ । जीपमा जम्मा ६ यात्रु सवार थिए । न्युज २४ नेपाल मा प्रेम सुनार लेखेका छन् ।