News

दुवै मृगौला पिडित छोरो बचाईदिनु भन्दै मिडियामा आए आमाबुवा ! सके सहयोग गरौ नसके शेयर गरि सहयोगी सम्म पुर्याउन मद्दत गरौ ! (भिडियो सहित)





जिरी नगरपालिका-०६ बगाले टाेल निवासी बुवा चन्द्र बहादुर जिरेल र आमा जुनकिमा जिरेल ले आफ्नो मृगौला पीडित छोरा सनि जिरेलकाे उपचारको लागि सहयोगको अपिल गरेको छ ।

बिगत १ वर्ष देखि डाईलासिस गर्दै आएका सनी जिरेलका बुवाका अनुसार आफ्नो आर्थिक अवस्था कम्जोर भएकै कारण अलि अलि भएको रकम समेत सकिएपछी आफु हरु मिडियामा आएर सहयोग माग्न बाध्य भएको बताए ।

आमाको मृगौला दिने भनिए पनि चेकजाच गर्दा आमा पनि रोगि भएका कारण अहिले दिन नमिल्ने डाक्टरको सल्लाह रहेको चन्द्र बताउछन । सम्पूर्ण सहयोगी मनहरुलाई आफ्नो छोराको उपचारको लागि सहयोग गरि दिनु हुन अनुरोध समेत जिरेल दम्पतीले गरेका छन् ।

सहयोगको लागि तलको खाता नम्बरमा रकम जम्मा गर्न सक्नु हुनेछ :

प्राइम बैंक न्यु रोड शाखा

खातावालाको नाम : पुष्प जिरेल (9807801679)

खाता नम्बर : ००१०००४४१ T

बिरामीको बुवालाई पनि यो (९८०७६५९९६८) मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।