News

मा’दक पदार्थ सेवन गरी डिउटीमा खटिएका प्रहरीलाई जिस्काउन खोजेपछि…





भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-२ मनहरामा डिउटीमा खटिएको प्रहरीलाई दुर्व्य’वहार गर्ने सोही नगरपालिका-९ बस्ने २६ वर्षीय रामशरण आचार्यलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । मा’दक पदार्थ सेवन गरी बा.५३ प ८६५७ नम्बरको मोटरसाइकल चलाएको अवस्थामा फेला परेका आचार्यलाई प्रहरीले कारवाही गर्न खोज्दा उनले प्रहरीलाई दुर्व्य’वहार गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छकाठमाडौं, २५ साउन काठमाडौं महानगरपालिका-२८ जमलमा डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पासाङ लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा.६५ प २७९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लामाले सवारी दर्ता किताबभित्र उक्त नगद राखी प्रहरीलाई दिएपछि नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं फुटुङ बस्ने खोटाङ घर भएका ३६ वर्षीय जितमान राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा.२१ च ५८६४ नम्बरको तरकारी बोक्ने टाटा गाडी जाँच गर्ने क्रममा चालक राईले उक्त नगद दिएपछि नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका एकान्तकुनास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सिन्धुलीका ३२ वर्षीय गोविन्द सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा ना.६ ख १४ नम्बरको ट्रकको कागजपत्र चेकजाँच गर्ने क्रममा चालक सार्कीले उक्त नगद दिएपछि नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।