Lifestyle

कञ्चनपुर निर्मला पन्तको अपराधी दिलिपसिंह विष्ट नै

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया नि*र्मला पन्तले संसार छाडेको एक वर्ष पुग्दासमेत अप*राधी पत्ता नलागेको भन्ने कुरा बाहिर आइरहँदा सो घ*टनाको अनुसन्धान गर्ने सिआइबीका डिएसपी अंगुर जिसीले अप*राधी पत्ता लागेको दोहोर्याएका छन् । भिआइी अपराधी जोगाउन मानसिक रोगी दिलिपसिंह विष्टलाई फसाउन अंगुर जिसीले भूमिका निर्वाह गरेको भनेर उनलाई नेपाल प्रहरीले अहिले निलम्वन गरेको छ । तर उनले अहिले पनि दिलिपसिं विष्ट नै अप*राधी रहेको दावी गरेका छन् ।

उनले घटना, दिलिपसिंह विष्ट, डिएनए र भ्रमका विषयमा विस्तृत रुपमा यसरी वर्णन गरेका छन् । निर्म*लाको डिएनए आमासँग मिल्यो । भेजिनल स्वावको नमुनाबाट निकालिएको डिएनए र दिलिपबीच मिलेन । के यो विधि सर्वस्वीकार्य सतप्रतिशत विश्वसनीय विधि हो ? मेरो प्रश्न यो हो । यो प्रश्न सुन्न कोही तयार थिएनन् । तर मानव अधिकार आयोगले गठन गरेको डिएनए विज्ञहरुले मेरो प्रश्न सुन्न तयार भए । उहाँहरुले गरिँदै आएको डिएनए विधि गलत भएको ठहर गर्नुभयो । वंशज पहिचान गर्ने डिएनए परीक्षण गरिएको त अहिले आएर पुष्टि भयो । आयोगले त्यही भन्यो । व्यक्ति पहिचान गर्न नसकिने डिएनए परीक्षण गरिँदै आइएछ ।

अब डिएनए मिलेन भन्दैमा निर्म*लाले न्याय नपाउने ? निर्म*लाले न्याय पाउन अब के क*रणी गरिरहेको भिडियो नै ल्याउने त ? पोखराको श्रीया सुनार भन्ने १० वर्षकी बालिकाको केसमा अभियुक्तले घट*ना स्वीकार मात्रै गरेको भरमा उमाथि मुद्धा दर्ता भयो । त्यो केसमा अभियुक्तले घ*टना स्वीकार गर्नेबाहेक केही पनि प्रमाण छैन । कतिपय केसमा प्राविधिक प्रमाण हुँदैन, अब के पीडितले न्याय नपाउने ? दिलिप सिंह विष्टले आफूले देब्रे हातले निर्म*लाको घाँ *टी थि चेर मा* रेको स्वीकार गरेका छन् । आफैंले बयानका क्रममा कर*णी गरेको, आफैले मा* रेको बताएका छन् ।

पृष्ठभूमि : ‘म सिआइबीमा कार्यरत थिए । घटना भएको तीन चार दिनपछि म कञ्चनपुर पुगेँ । अनुसन्धानको निष्कर्ष निकाल्यौं । करिब २५ दिन हामी कञ्चनपुर बसेर धेरै मानिसहरुसँग सोधपुछ पनि गर्यौं । जब हामीले दिलिपसिंह बिष्टलाई गिर*फ्तार गर्यौं, त्यसपछि उसको साबिति बयानले हामी ‘शक्ड’ भयौं । किनभने उसले अप*राध स्वीकार गर्यो । उसले भनेभने जसरी नै कर*णी भएको प्रमाणहरु पनि थिए । उसले साबिति बयान दिँदैमा पनि प्रहरीले मान्दैन सजिलै । उसले दिएको बयानसँग मिल्ने आधार र अरु प्रमाणले पनि त्यसलाई पुष्टि गर्नुपर्छ ।

हामीले घ*टना र प्रकृति हेरेर यो तरिकाले कर*णी र ह* त्या भएको हुनुपर्छ भन्ने आँकलन गरेका थियौं । त्यो आँकलनसँग मिल्ने गरी दिलिपसिंह बिष्टको बयान थियो । चार पाँचवटा टेक्निकल विषय पनि उसले भन्न सकेको छ । जुन अप*राध नगर्नेले भन्न सक्दैन ।कापी किन भिजेन ? भन्ने प्रश्न छ । कापी प्लासिष्टक कोटेट छ । कापीको तीन छेउबाट केही भिजेको छ । पुरै लतक्क छैन । किनभने पानी चुर्लुम्म डुब्ने स्थानमा थिएन ।

प्रहरीले भिआइपी अपराधी जोगाउन दिलिप सिंह विष्टलाई अभियुक्त बनाइयो भन्ने आरोप छ । दिलिप सिंह विष्टको सर्टको खल्ती च्यातेर घट*नास्थलमा राखिएको भन्ने आरोप लागेको छ । डिएनए परीक्षणमा दिलिपसिंह विष्टको डिएनए म्याच गर्दैन । नगरेपछि प्रहरीले दिलिप सिंह विष्टलाई यातना दिएरै घटना स्वीकार गर्न लगाएको रहेछ, प्रहरीले फसाउने उद्देश्यले नै विष्टको सर्टको खल्ती च्यातेर घट*नास्थलमा राखेको रहेछ भन्ने आम मानिसलाई पर्न गएको छ । बाह्रखरी भन्ने अनलाईनमा मैले सर्टको खल्ती च्यानेर घटनास्थलमा राख्न लगाएको भनेर प्रकाशित भयो । त्यो कुरा मेरै विभागका एक जनाले बाह्रखरीलाई भनेका रहेछन् । बाह्रखरीलाई सोध्दा रिलायबल सोर्स भनियो । स्रोत भनेको विभागका मानिसलाई मैले सोध्दा उनले मसँग माफी मागे ।

खासमा पछिल्ला समितिहरुले टर्चर दिन थालेछन् । भिआइपी जोगाउन अंगुर जिसीले सर्टको खल्ती च्यातेर राखेको भन् भन्दै ती हवल्दारलाई करकापमा पारेछन् । ऊ आफै दुर्घ*टनामा परेर दाँतमा स्टीर राखेर भोलिपल्ट डाक्टरलाई भेट्न जानु पर्ने अवस्थामा रहेछन् । के भन्दा मलाई छाड्ने हो ? भनेर उसले सोध्दा छानविन समितिका सदस्यहरुले प्रायोजित घ*टना हो भनेर स्वीकार गर भनेछन् । अनि उसले सर्टको खल्ती आफैंले च्यातेर राखेको भनेछन् । तर रिपोर्टमा डिएसपीले भनेर यसो गरेको भनेर आएछ ।त्यस्तो बयान दिने हवल्दारले पनि मसँग माफी मागेका छन् । उनले भनेका छन्, ‘सर, मैले त जे जे कबोल गर्नुपर्ने हो त्यो सबै लेख्नुस । म सही गरिदिन्छु भनेँ । खल्ती म आफैले च्यातेको भनेर स्वीकार गरेको थिएँ । त्यहाँ हजुरको नाम कसरी मुछियो म छक्क परेँ ।’

यो घटना अनुसन्धान गर्नका लागि गठन भएका अन्य समितिहरु पनि यहि सिद्धान्तलाई मियो बनाएर अनुसन्धानमा केन्द्रीत भएका छन् । उहाँहरुले डिएनए नमिलेपछि सबैकुराहरु प्रायोजित हुन् भन्ने माइन्ड सेट गरेर केन्द्रीत हुनुभएको छ । डिएनए नमिलेका कारण खल्ती, विष्ट, उसको बयान झुठ वा प्रायोजित हुन् भन्ने सिद्धान्तबाट पछिल्ला समितिहरुले आफ्नो प्रतिवेदन लेखे । तर रे* प र म* र्डर केसमा डिएनए परीक्षण भएको निर्म*लाको केसमा मात्रै हो । मैले शुरुदेखि नै भन्दै आएको यो हो कि डिएनए परीक्षण गर्ने पद्धति सहि छैन । अहिलेको डिएनए परीक्षण भनेको बाबु छोरा हो कि होइन भन्ने पत्ता लगाउनका लागि गरिने पद्धती हो । यो निर्म*ला पन्त प्रकरणमा उपयुक्त छैन । मैले डिएनए परीक्षण कै प्रमाणिकता जाँच्नु पर्छ भनेँ । तर कसैले पत्याएन । अहिले राष्ट्रिय मानवअधिकार आयोगले फोरेन्सिक एक्स्पर्टहरुसहितको टोलीले दिएको प्रतिवेदनका आधारमा भन्यो कि यो डिएनए परीक्षण विधि ठीक छैन । डिएनएकै मात्र आधारमा अपराधी खोजिनु वा छाडिनु हुँदैन भन्ने कुरामा आयोग पनि कन्भिन्स भयो ।

हाम्रो टोलीका चार चार जना अनुसन्धान गर्ने प्रहरीलाई कारबाही स्वरुप विभिन्न गणमा राखिएको छ । उनीहरुलाई नजरबन्दमा राखिएको छ । दुई हवल्दारले त राजीनामा नै दिइसकेका छन् । उनीहरुलाई मानसिक या*तना दिइएको छ । मलाई त निलम्बन नै गरिएको छ । अप*राधी मैले लुकाएको भनियो । एक वर्षसम्म खै त मैले लुकाएको अप*राधी अरुले बाहिर ल्याउन सकेको ? नि*र्मलाका खातिर मैले यो गरेँ, त्यो गरेँ भन्ने धेरै बकम्फुसेहरु पनि भेटिए ।

(न्युज २४ को कार्यक्रम ‘जनतासँग सीधा कुरा’मा डिएपी अंगुर जिसीले व्यक्त गर्नुभएको कुराकानीका आधारमा)