News

७० हजार सर्पहरु यसरी एकै ठाँउमा भेला भेला भएपछी ! [ हेर्नुहोस्]





एजेन्सी , प्रकृति साँच्चिकै आश्चर्यजनक छ । यसको एउटा आश्चर्य हेर्न क्यानडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन् ।हजारौं सर्पहरु एकठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । यसरी बर्सेनि ७० हजार सर्पहरु उक्त ठाउँमा जम्मा हुनुको खास कारण छ ।वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु सो ठाउँमा जम्मा हुने गरेका हुन् ।त्यहाँ विभिन्न प्रजातिका सर्पहरु रहेका छन् । सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ ।

फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन्छन् । क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् । ७० हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्सेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ । सिधा अनलाइन खबर बाट