Lifestyle

टाउकोमा ढुङ्गा प्रहार गरी गङ्गाको हत्या

गङ्गाको टाउकोमाथि एक्कासी ढुङ्गा प्रहार गरे वीरबहादुरले पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु’ भएको छ । आठ वर्षदेखिसँगै बस्दैआएका४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु’ भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराउनुभएको छ ।शवको परीक्षणपश्चात मृत्यु’को थप कारण जानकारी हुने उहाँले थप्नुभयो । उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ । (रासस)रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ४ ख ९७११ नं को ट्रक सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु’ भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु’ हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहनुभएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ट्रक चालक दाङ तुलसीपुर उपमहानगरपालिकाका ताराप्रसाद खड्का र सोही ठाउँ निवासी २०

वर्षीय सहचालक यज्ञबहादुर खड्का गम्भीर घाइते हुनुभएको छ । चालक र सहचालकको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको तुलसीपुरमा उपचार भइरहेको छ ।ट्रक सडकदेखि ५० मिटर तल खसेको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उद्धार गरेको थियो । अविरल वर्षाका कारण उद्धारकार्यमा कठिनाई भएको प्रहरीको भनाइ छ । (रासस)माटोको ढिस्कोले पुरिँदा एक जनाको घटनास्थलमा नै मृत्यु’ गएको छ भने अरू तीन जना घाइते भएका छन् । माटोको ढिस्कोले पुरिएर सुनकोशी गाउँपालिका–६ आमपानी बस्ने अन्दाजी २५ वर्षीया शर्मिला रम्तेलको घटनास्थलमा नै मृत्यु’ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।घटनामा सुनकोशी गाउँपालिका–६ आमपानी नै बस्ने अन्दाजी ३६ वर्षीया बिमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकुमाया रम्तेल घाइते भएका छन् । घाइतेमध्ये विमलाको अवस्था मध्यम रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाको सुनकोशी गाउँपालिका–६ आमपानीमा घर पोत्ने रातो माटो लिन चारै जना गएका थिए ।(रासस)