Lifestyle

भ्रष्टाचारी आरोपित कर्मचारीले आत्महत्या गरे

उदयपुर : एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्र*ष्टाचारी नभएको भन्दै सु*साइड नोट लेखेर आ*त्मह*त्या गरेका छन्। त्रियुगा नगरपालिका-१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सु*साइड नोट लेखी आ*त्मह*त्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सु*साइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार आचार्यले झु*ण्डिएर आ*त्मह*त्या गरेका हुन। ‘हामी सु*साइड नोटको फोटो खिच्न दिदैनौं।

उनले भने, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस, म ठुलो भ्र*ष्टाचारी होइन’, लेखिएको सु*साइड नोट फेला परेको छ।’ मालपोत कार्यालय कलंकींमा रहँदा भ्र*ष्टचार मु*द्दा लागेपछि आचार्यले आ*त्मह*त्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस् भनेर सु*साइड नोट लेखीएको छ,’ डिएसपी केसीले भने, ‘अलिअलि मा*नसिक सन्तुलन ठीक नभएको पाएका छौँ।’ आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पनि काम गरेका थिए।

झापाबाट मालपोत कार्यालय काठमाडौं कलंकी हुँदै उनी कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका आइपुगेका थिए। त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवका रूपमा काम गरेका आचार्यले वडाअध्यक्षसँग वि*वाद भएपछि रा*जीनामा दिएको वडा कार्यालयको भनाइ छ। मालपोत कार्यालय कलंकीमा रहँदा उनीसहित सातजनालाई सामुदायिक वनको जग्गा गै*रकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मु*द्दा दा*यर गरेको थियो।

यस्तो छ, सु*साइड नोट:’मेरो नाममा पुराण लगाउने काम नगर्नु, नउक्साउनु, मलाई सबैले नराम्रो देख्लान्। तर, पारिवारिक वातावरण मिलाउन सकिनँ। कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको ग*ल्ती हो। ग*ल्ती स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ। ममीले छोराहरूसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु। म वि*दा भएँ।खातामा पैसा छ। श्रीमती केही जान्दिन। साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।”कान्छो छोराको ब्याचलर सकेको हेरुलाँ भनेको थिएँ, सकिनँ, पापी भएँ।

वाणिज्य बैंक, नेपाल बैंक, एनसिसी बैंक, एनआइसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो ब्यागमा छ। अन्यमा पैसा भए पनि कमै छ,’ त्यसअघि उनले लेखेका छन, ‘वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनु। आमा, साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु।’ ‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन। तर म देशको ठूलो भ्रष्टचारी भएँ’, प्रहरीका अनुसार मृतक आर्चायको सु*साइड नोटमा अगाडि लेखिएको छ, ‘अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस।

मजस्ता नि*र्दोषलाई विशेष अदालतमा मु*द्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु। सबै ढोका ब*न्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु। गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु।’ नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्वकोषाध्यक्षसमेत रहेका आचार्यले लेखेका छन्, ‘संगठनका साथीहरूले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला।’ २५ गते बेलुका ६ बजे सु*साइड नोट लेखी घरबाट बाहिरिएका आचार्यले अन्तमा लेखेका छन्, ‘आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरिदिन आग्रह गर्दछु’, भनेका छन्।

यसरी लाग्यो भ्र*ष्टचार मु*द्दा :आर्चायसहित सातजनाविरूद्ध विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले गत जेठ १३ गते सामुदायिक वनको जंगल व्यक्तिका नाममा नामसारी गरेको आ*रोपमा मु*द्दा दर्ता गरेको थियो। अख्ति यारले कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दा*यर गरेको थियो।

मृ*तक आचार्यले कलंकी मालपोत कार्यालयमा भएको कमीकमजोरी सुनाउने गरेका थिए। उनका उदयपुरस्थित एक सहकर्मीका अनुसार झापाबाट सरुवा भएको महिना नबित्दै अख्तियारले फाइल क*ब्जा गरेको बताएका थिए। वर्षौं पहिलेदेखि सुयल हाउजिङ्ग कम्पनीका संचालकले जग्गाको नामसारी प्रयास गरिरहेका बेला सही गर्ने बेलामा आचार्य फ*सेको उनका सहकर्मीहरूको भनाइ छ। एक पैसा लिए पनि नलिए पनि वि*चौलियाको च*ङ्गुलमा परेर सही गरेका आचार्य त्यहीँ प्रकरणमा अख्तियारको फ*न्दामा परेको उनका एक सहकर्मीले बताए। अख्तियारले विशेष अदालतमा मु*द्दा दर्ता गर्नु पहिले नै त्यो जग्गाको नामसारी दर्ता खा*रेज गरिसकेको थियो।