Lifestyle

काठमाडौंको टिचिङ अस्पतालमा आगलागी..हेर्नुहोस् । ताजा समाचार

काठमाडौं– काठमाडौंको महाराजगंजस्थित त्रि.वि. शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ ।

भवनको पाँचौ तलमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ । दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट भवनमा रहेको भौतिक संरचनामा सामान्य क्षति भएको छ ।

आगलागी भएपछि घटास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो । आगलागीबाट विरामीलाई कुनै समस्या नपरेको अस्पताल प्रशासनले जनाएको छ । विद्युतिय सर्किट सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।यो खबर खबरहबमा प्रकाशित छ ।

The post काठमाडौंको टिचिङ अस्पतालमा आगलागी..हेर्नुहोस् । ताजा समाचार appeared first on All top Here.