Lifestyle

पोखरा बाट फेरि आयो दुखद खबर

काठमाडौँ : सोमबार दिउँसो आफ्नै श्रीमतीको ज्यान लिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पोखरा महानगरपालिकामा-२२ पुम्दीभुम्दी घर भइ हाल वडा नम्बर १७ बिरुवा बस्दै आएका ४५ वर्षीय ध्रुव भन्ने वीरबहादुर सुनारले ढुंगाले हानेर आफ्नै ४० वर्षीय श्रीमतीको ज्यान लिएका हुन् ।पोखरा १७ बिरुवास्थित तुलसी थापाको कुखुरा फर्ममा काम गर्दै आएका वीरबहादुरले आफ्नी कान्छी श्रीमतीको टाउकोमा ढुंगाले हानी फरार भएकोमा सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार श्रीमतीको ज्यान लिएको आरोपमा पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धान गरि कारबाहीको प्रकृया अघि बढाउने तयारी गरिएको छ । शक्तिशाली भूकम्पका धक्का महसुस गएको छ अपराह्न ४ बजेर १५ मिनेटमा जमिनै हल्लाउने गरी भूकम्प गएको हो ।भक्तपुरको दूधपाटीमा केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानेको छ ।यसअघि भन्दा योपटक भूकम्पको फरक महसुस भएको छ । यसअघि जमिन दायाँबायाँ हल्लिने गरेकामा शनिबार तलबाट माथि उफारेको जस्तो महसुस भएको थियो ।भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।पानी परिरहेका बेला भूकम्प आएको थियो । मानिसहरु भूकम्पपछि आत्तिँदै बाहिर आएका थिए ।काठमाडौं / काठमाडौंमा भर्खरै भूकम्पको धक्का महशूस गरिएको छ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको

बताइएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पसँगै वर्षा पनि शुरु भएको छ । आज मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भूकम्प पश्चात भने काठमाडौँमा ठूलो वर्षा भैरहेको छ ।भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पसँगै वर्षा पनि शुरु भएको छ । आज मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भूकम्प पश्चात भने काठमाडौँमा ठूलो वर्षा भैरहेको छ ।बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिनुभएको छ । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाध्यक्षले छलफलविना गलत प्रक्रियाबाट आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिका सदस्य बनाएका रहेछन्, हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ ।”सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले जानकारी दिनुभयो । वडाध्यक्षसँग आक्रोसित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए ।