Lifestyle

सिंगापुरबात स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सेनाको सलामी लिन मानेनन्

काठमाडौं ।आफ्नो स्वास्थ्यमा निकै गडबढी देखिएपछि प्रधानमन्त्री ओली गतहप्ता सिंगापुर पुगेका थिए |उनलाई प्रत्यक्ष डाक्टरको निगरानीमा सिंगापुरको निकै महँगो मानिएको अस्पतालमा भर्ना गरिएको थियो यद्दपी उक्त उपचारको खर्च भने नेपाल सरकारले नबेहोर्ने भनेका कारण उनका सहयोगीले खर्च बेहोर्ने बताइएको थियो |

प्रधनमन्त्री ओली स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको खबर प्राप्त भएको छ | आफ्नो भ्रमण अनौपचारिक भएको भन्दै ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी लिन भने उनले मानेनन् |

प्रधानमन्त्रीको प्रतिक्रिया लिन थुप्रै पत्रकारहरु क्यामेरा बोकेर विमानस्थल पुगेका थिए तर प्रधानमन्त्री ओलीले पत्रकार समेलन गर्न नै अस्विकार गरेपछि पत्रकार सबै निराश हुँदै फर्केका थिए | आफ्नो स्वास्थ्य बारे जानकारी दिनुपर्यो भनेर पत्रकारहरुले आग्रह गर्दा ओलीले भने, ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ ।’ भन्दै प्रधानमन्त्री ओली सरासर बाहिरिए |

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।