News

जहाजमाथी एक्कासी आगो लाग्यो, समुन्द्रमा हाम फालेर २८ जनाले ज्यान बचाए





काठमाडौं । आज अचानक जहाजमा आगलागी हुँदा ठुलो क्षति भएको छ । भारतीय तटरक्षक जहाज जगुआरमा आज आगो लागेको हो । जहाजमा आगलागी भएपछि ज्यान बचाउनका लागि चालक दलका २८ जनाले समुन्द्रमा हाम फालेका थिए ।

भारतीय तट रक्षक बलले २८ जनाको उद्धार गर्न सफल भएपनि तैनाथ २९ जनामा एकजना हराइरहेको जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तटरक्षक बल दिएको जानकारी अनुसार पहिले जहाजमा ठुला आवाज आयो अनी धुवाँ निस्कन सुरु भयो ।

तटरक्षक बलको अर्को जहाज रानी राशमोनी पनी त्यस क्षेमा थियो जसलाई उद्धार कार्यमा लगाइएको अधिकारीहरुले बताएका छन् । हराइरहेका एकजनाको खोजि भइरहेको जानकारी दिइएको छ । सी–४३२ जहाजसँगै तटरक्षक बल हेलिकप्टरलाई पनि उद्धारमा लगाइएको थियो ।