News

भण्डाफोर नगरी जुन बाटो तिमीले रोज्यौ त्यसकालागी तिम्रालागी दुई शब्द ! ‘हार्दिक श्रदान्जली’ लेख्न मेरा हातका औला चलेनन् सालीक….





आजको दिन न्युज पोर्टल र फेसबुकको भित्ता भितामा स्व. सालिकराम सम्बन्धी खबरले भरिए । इस्क्लुसिप भन्दै भाइरल भिडियो आयो । मैले पनि हेरे भाइरल आत्महत्या अगाडि भन्दै आएको त्यो ८ मिनेट जतीको भिडियो अन्त्यमा मलाइ केही कुरा लेख्न र भन्न मन लाग्यो । महिनाको डेढलाख खाने मान्छे अनि कल्सलटेन्सि चलाएर बसेको मान्छेलाई अष्ट्रेलिया पठाईदिन्छु भन्दा के के न भए जस्तो भयो भन्ने भिडियोमा सुरुमै सुन्दा अलिक असहजिलो महशुस भयो ।

रविले गलत गरेका भए, करोडौ घुस खाएका भए भण्डाफोर गर्नु पर्थ्यो । तर बिज्ञापन कम्पनिले पैसा उठाउछ, तलब कम्ति भयो, फाईल कपि गर्न पाईन भन्दै स्वइच्छाले अथवा कसैको दवावमा भन्यौ र मरेका हौ भने सालिकराम ! रविले हैन तिम्रो आत्माले सधै तिमीलाई धिक्कारने छ ।

यदि रवि गलतनै हुन तिमीले भने जस्तैनै हो भने तिमी कायर हौ तिमी जन्मनुनै देशकालागी दुर्भाग्य हो । तिमी मर्नुमा कुनै दुख छैन तर दुख यस कुरामा छ सत्य के थियो तिमी संगै लिएर गयौ । बाँचेरै सामना गर्नु पर्थ्यो हरेक कुराको भण्डाफोर हुनुपर्थो । तर समय धेरै ढकेली सक्यो अब एक एक कुराको छानविन गरीनुपर्छ । बाहिर आउनुपर्छ ।

तिमी मरेको दिन तिम्रा भाईले हाम्रो दाजु भगवान जस्ता थिए देशकै योद्धा थिए भन्दै चितवनको होटल अगाडी बोल्दै दाजुभाई बिचको एकता, सम्बन्ध अझ पर्दा दाजुभाईले गर्नुपर्ने कर्तब्य पुरा गरेको संदेश दिईराख्दा अचानक तिम्रो भिडियोको अन्तिममा करोडौको सम्पति दाजुभाईलाई दिनुपर्दैन भन्दै तिमीले बोलेको सुन्दा कतै केहि हद सम्म पारीवारिक कलह पनि त थिएन भन्ने संङ्खा पनि त छोडेर गयौ…

भलै अनुसन्धानले सबैकुरा पत्ता लगाउला दोशीलाई कार्वाहि होला तर सत्य के थियो र हो तिमीलाई मात्र थाहा थियो त्यहि नखोली, भण्डाफोर नगरी जुन बाटो तिमीले रोज्यौ त्यसकालागी तिम्रालागी दुई शब्द ! ‘हार्दिक श्रदान्जली’ लेख्न मेरा हातका औला चलेनन् सालीक….

खेमराज जमरकट्टेल (हाल इजरायल )