News

सिरिञ्‍ज आक्रमणको हल्लापछि पक्राउ परेका स्याङ्जाका खगेन्द्र निर्दोष रहेको पुष्टि !





काठमाडौं । बनेपास्थित चारदोबाटो भन्‍ने स्थानमा सोमबार सिरिञ्‍ज आक्रमणको हल्लापछि पक्राउ परेका स्याङ्जा वालिङ नगरपालिका- १३ का खगेन्द्र पाठक निर्दोष भएको पाइएको छ । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न नभएको पाइएपछि उनलाई थुनामुक्त गरिएको छ । बनेपा घटनाप्रति दुबै पक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएकव जनाइएको छ । उक्त घटनाले उब्जाएको शंकउपशंका तथा निर्दोष व्यक्तिमाथि कुटपिट भएकोमा दुख व्यक्त गरिएको छ ।

विज्ञप्तिमार्फत शंकाका भरमा आगामी दिनमा कुनै पनि सामाजिक घटना नदोउर्‍याउने समेत बताइएको छ ।धुलिखेल जाने बस चढेकी काभ्रपलाञ्‍चोकको चौरी देउराली गाउँपालिका बस्ने सपना बागदासले चस्स घोचेको महसुस गरेपछि आफूमाथि सिरिञ्‍ज आक्रमण भएको हल्ला गरेकी थिइन् ।