Lifestyle

आपतकालीन अवतरण गर्दा राजधानीमा विमान दुर्घटना ४१ जनाको मृत्यु

काठमाडौं – रुसको राजधानी मस्कोस्थित शेरेमेत्येभो विमानस्थलबाट उड्नेबित्तिकै एक रुसी विमानले आपतकालीन अवतरण गर्दा आगलागी भएको छ । त्यसमा परी ४१ जनाको मृत्यु भएको छ । दुर्घटनाका भिडियोहरू सार्वजनिक भएका छन् र यात्रुहरूले एयरोफ्लोट विमानबाट भाग्नका लागि आपतकालीन द्वार प्रयोग गरेको देखिन्छ ।दुर्घटनामा बाँचेकाहरूले विमानलाई चट्याङले हानेको बताएपनि रुसको राष्ट्रिय ध्वजावाहकले प्राविधिक कारणले गर्दा विमान विमानस्थलमा फर्किएको जनाएको छ ।मारिनेमा दुई बालबालिका पनि छन् । जेट विमानमा ७३ यात्रु र पाँच विमान कर्मचारी थिए । रुसी समाचार संस्था इन्टरफ्याक्सले विमान निकै अप्ठ्यारो गरी अवतरण भएपछि आगो लागेको लेखेको छ । विमान कर्मचारीले एयर ट्राफिक नियन्त्रकहरूसँगको सम्पर्क गुमाएपछि विमानले इन्धनले भरिएको ट्यांकसहित अवतरण गरेको थियो र मस्कोमा इन्धन फाल्नु निकै खतरनाक भएको निर्णय लिइएको इन्टरफ्याक्सले थप लेख्यो । ‘३७ जना बाँचेका छन्, तीमध्ये ३३ यात्रु र चार विमान कर्मचारी छन्,’ येलेना मार्कोव्स्कायाले बताइन् । उनी दुर्घटनाको अनुसन्धानमा संलग्न अधिकारी हुन् ।घटनामा एक एयर होस्टेस मारिएकी छन् । पाँचजना अस्पतालमा उपचार गराइरहेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार, कोही पनि बाँचेर भाग्नु चमत्कार नै हो ।बीबीसीबाटआपतकालीन अवतरण गर्दा गर्दै प्लेन दुर्घटनामस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको

फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो । बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख श्रीवास्तव र इञ्जिनीयर ठगुन्नाले कार्यालयमै उपभोक्ता समितिसँग काम सम्पन्न भएको रकम भुक्तानी दिनुपर्ने बेला घुस लिएको बताउनुभयो । “तटबन्धको काम सकिएपछि उपभोक्ता समितिलाई कार्यालयबाट दिनुपर्ने भुक्तानीका क्रममा रु दुई लाख लिएको देखियो ।”विष्टले भन्नुभयो, “पूर्व सूचनाका आधारमा अख्तियारको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।” अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सूचना अधिकृत विष्टले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।