News

चिनजान कै प्रहरी र बिप्लब कार्यकर्ता बिच गोलि हानाहान ! लछारपछार गर्दा भाँचियो प्रहरीको कुमको हड्डी !





भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भएको भि*डन्तमा ५ मिनेटको अन्तरमा २ जनाको ज्यान गएको छ।आज बिहान ८:४५ तिर भएको घ*टनामा विप्लव समूहका एक जना र प्रहरीका एक जनालाई गोली लागेको थियो। गोली हा*नाहानबाट घाइते भएका प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राईलाई तत्काल जिल्ला अस्पताल पुर्‍याइयो। तर उपचारका क्रममा प्रहरी जवान राईको ९ः१५ मा र विप्लव कार्यकर्ता राईको ९ः२० मा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार विप्लवका केही कार्यकर्ता हतियारसहित प्रवेश गरको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी जवान सञ्जीव राई, खेमनाथ भट्टराई र सुरेन्द्र माझी हटियालाइन पुगेका थिए।उनीहरुले शंका लागि सोधपुछ तथा चेक गर्न खोज्दा ओखलढुंगा इन्चार्ज अन्दाजी ३५ वर्षीय नीरकुमार राईले पेस्तोल निकाली जवान राईको कोखामा प्रहार गरे। उनी इलाका प्रहरी कार्यालय लेटाङ दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान हुन्।त्यसपछि प्रहरीले जवाफी फायर गर्दा विप्लव कार्यकर्ता नीरकुमार राई पनि घाइते भएका थिए।

घाइते अवस्थामै रहेका उनी भाग्न खोजेपछि प्रहरी जवान खेमनाथ भट्टराईसँग लछारपछार भएको थियो। सोही क्रममा भट्टराईको बायाँ कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। प्रहरी जवान भट्टराई र माझीको अवस्था सामान्य रहेको छ।घटना बारे भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले भन्छन- बुधबार विहान ८ः४५ बजे भोजपुर नगरपालिका ७ हटियालाइनको पानधारे होटलमा विप्लवका कार्यकर्ता नीरकुमार बसिरहेका थिए । सञ्जोग नै भन्नुपर्छ त्यहीबेला चिया खान सादा पोशाकका प्रहरी सञ्जीव राई पनि होटलमा पुगे ।

प्रत्यक्षदर्शीका मलाई भनेअनुसार उनीहरुबीच पहिल्यै चिनजान समेत थियो । त्यही क्रममा उनीहरुबीच कुराकानी सुरु भयो । कुराकानीकै क्रममा हतियारको कुरा निस्कियो र विवाद बढ्दै जाँदा चर्काचर्की भयो । त्यसपछि उनीहरुबीच केहीबेर लछापछार र ठेलमठेल पनि चल्यो ।त्यतिकैमा विप्लवका कार्यकर्ता राईले प्रहरीलाई कोखामा गोली हाने । उनी त्यही ढले । उनी ढलेपछि सञ्जिवसँगै रहेका अर्का प्रहरीले नीरकुमारमाथि फायर खोले । त्यसपछि स्थिति त*नावग्रस्त जस्तै बन्यो । थप प्रहरी घटनास्थल पुगे । तत्कालै दुवैलाई अस्पताल लगियो । जिल्ला अस्पतालले दुवैलाई मृत घोषणा गर्यो सिधा अनलाइन खबर बाट