Lifestyle

पोखरा बाट फेरि आयो दुखद खबर … प्रहरी नै चकीत

पोखरा- औषधि उपचार गर्न भन्दै एक युवा आफ्नै श्रीमतीलाई जंगलमा लगि हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।मकवानपुर घर भइ पोखरा–१० रामबजारमा बस्दैआएका ३५ वर्षीय रमेश नेपालीलाई २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।पोखराको रामबजारमा मोबाइल पसल गरी बस्दैआएका रमेशले श्रीमती लक्ष्मीलाई पोखरा–२२ पुम्दिभुम्दीस्थित ठुल्ढुङ्गाको जंगलमा लगी हत्या गरी फालेको अवस्थामा २५ दिनपछि अस्थिपञ्चर फेला परेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा–२२ पुम्दिभुम्दिस्थित ठुल्ढुङ्गाको जंगलमा लगी हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको हो ।सिद्धार्थ राजमार्गदेखि करिब ५ सय । मिटर तल पोखरा–२२ पुम्दिभुम्दीको ठुल्ढुङ्गाको जंगलमा बुधवार अस्थिपन्जर भेटिएको हो ।कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की सहितको टोलीले

घटनाको थप अनुसन्धान थालेको छ । लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निवेदन दिएका थिए ।अछाम । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ ।स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् ।उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए । मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो ।आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छन् ।अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ । फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ ।पिरमकुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ ।