News

विकासका नाममा लुटः ढलानमाथि फेरि नचाहिंदो ढलान (भिडियोसहित)





ललितपुर, २५ असार । देशमा कहीं सडक नै छैन तर कहीं तयार भइसकेको सडकमा फेरि अनावश्यक निर्माण गर्न थालिएको छ । यस्तै उदाहरण बनेको छ   १३ कुसुन्ती यातायात कार्यालय पछाडिको ओरालो बाटो ।

यो पनि पढ्नुहोस्

पक्की ढलान भएको बाटोमाथि पुनः अर्को ढलान गरेर बजेटको दोहोन गरिएको छ । भइसकेको ढलानमा पुनः ढलान गर्दा नै राज्यको सम्पत्ति नोक्शान पुर्याइसकिएको छ ।

ढलान योजना सडक डिभिजन कार्यालय हरिहरभवनबाट सञ्चालन हुनु गम्भीर विषय हो । ढलान माथिको अनावश्यक ढलानमा योजनाभन्दा कम बाक्लो ढलान गरेर अनियमितता भइसकेको छ । लागतमा छ इञ्च भएकोमा फिल्डमा चार इञ्चभन्दा कम गरिएको छ । डण्डी राख्दा समेत अनियमित तरिकाले राखिएको छ ।

बजेटको दुरुपयोग र अनावश्यक ढलान देखेर सर्वसाधारण नै आश्चर्यमा पर्ने गरेका छन् । देशमा कतिपय स्थानमा खोला तर्ने पुल नभएर मानिस बगाइरहेका छन् । कतिपय स्थानमा ग्राभिल सडक नै छैन । बजेट ल्याएर अनियमितता गर्ने उद्देश्यले कुसुन्तीमा ढलानमाथि ढलान गरिएको छ ।

आवश्यक नै नपरेको स्थानमा ढलान गर्दा यातायात व्यवस्था कार्यालयको काम समेत रोक्किएको छ । सूचना टाँसी असार २३ देखि साउन ४ सम्म प्रदुषण जाँच सम्बन्धी कार्य बन्द गरिएको उल्लेख छ ।भिडियो हेर्न यहाँ थिच्नुहोस्