Lifestyle

प्रहरी प्रमुखलाई फेसबुकमा गाली गर्ने रबि समर्थक पक्राउ

१ भदौ, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीवि*रुद्ध गाली*गलौज गरेको आरोपमा एक जना प*क्राउ परेका छन् ।

प*क्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट प*क्राउ गरेर काठमाडौं ल्याइएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई प*क्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई प*क्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले प*क्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’

अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछानेलाई दाइलाई फ*साउने यो नै हो भ्र*ष्ट… … … …’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

पत्रकार शालिग्राम पुडासैनी आ*त्मह*त्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प*क्राउ गरेको थियो ।

The post प्रहरी प्रमुखलाई फेसबुकमा गाली गर्ने रबि समर्थक पक्राउ appeared first on All top Here.