News

दुखत समाचार:बुधबारदेखि लगातार परेकाे वर्षाका कारण कैलालीका केही भागहरु डुवानमा (फोटोहरु सहित )





कैलाली । बुधबारदेखि परेको लगातारको वर्षापछि यहाँका केही भु–भागहरु डुबानमा परेका छन् । कैलालीको सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका हुन् ।

पानीको यहाँ बर्षेनी पानी पर्ने वित्तिकै डुबानको समस्या हुने गरेको छ । जसको कारण उचित ढल निकास नहुनु नै हो । त्यस्तै निर्माणाधिन अत्तरिया–मोहना छ लेन सडक निर्माणका कारण पनि केही भाग डुवानमा परेको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले खोलाको जलस्तर सामान्य बृद्धि भएपनि खतरामुक्त रहेको बताए ।

नदिको अवस्थाका बारेमा बुझ्न विहानै जिल्लाका विभिन्न नदि किनारका बस्तिहरुमा पुगेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले नदि किनारका बस्तीहरुलाई सचेत रहन आग्रह गरिएको बताए ।

उनले यहाँका ठुला नदिहरु कर्णाली, मोहना, पथरैया, गौरिगंगा लगायतका नदिहरुमा जलस्थर बढ्न सक्ने भन्दै ति नदि किनारका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको बताए ।

उता यहाँको सबैभन्दा ठुलो नदी कर्णालीको जलस्तर बिहीवार विहान सम्म ६ दशमलव ५४ मिटर रहेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिपेन्द्र केसीले जानकारी दिए ।

न्युज २४ नेपाल बाट