Lifestyle

तीव्र गतिमा गुडिरहेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावाद नजिक बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको भने ३४ जना घाइते भएका छन् ।इस्लामावादबाट करिव ४५ किलोमिटरको दूरीमा पर्ने हसन अब्दलनजिकै तीव्र गतिमा गुडिरहेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । स्वात सहरबाट लाहौरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको बताइएको छ ।दुर्घटनामा परी घाइते भएका यात्रुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा अप्रशिक्षित चालक, खराब सडकका कारण सडक दुर्घटनाहरु हुँदै आएका छन्बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।अछाम,असार २५ । मंगलसेन नगरपालिका–१ कुन्तीबण्डालीको ढुंगानीमा पाहुना आएका ससुरा र ठूलोबुवाको दाउराको चिर्पटले हानेर एक युवकले मंगलबार मध्यरातमा दुई जनाको हत्या गरेका छन् ।ढुंगानी निवासी

अन्दाजी २८ वर्षीय लफे भनिने पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा ७२ वर्षीय देउसिंह थापा र ५५ वर्षीय ससुरा विरभान थापालाई दाउराको
चिर्पटले हानेर हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको छ ।घटनामा संलग्न भनिएका साउँद सोही नगरपालिका–२ को खम्बबाट पक्राउ परिसकेका छन् । घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको अछाम प्रहरीको भनाइ छ ।ससुराको घर घटनास्थलबाट पैदल करिब आधा घण्टाको दूरीमा रहेको बताइएको छ । हत्या आरोपित साउँदकी श्रीमतीलाई उदृत गर्दै अछाम प्रहरीका अनुसार राति घर बाहिर आउजाउ गरिरहेको र ठूलो बुवा र ससुराले सुत्न भनेपछि घटना भएको बताइएको छ ।राती करिब एक बजे भएको घटनामा प्रहरीलाई पौने चार बजे खबर पाएलगतै डिएसपी जनकबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले घटनाका बारेमा जानकारी लिएको छ ।