News

नेपाली सेनाद्धारा क्याम्पसका लागि खानेपानीका धारा निर्माण





हुम्ला, । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसका लागि नेपाली सेनाले ट्यांकी सहितको धारो निर्माण गरी हस्तान्तरण गरेको छ । नयाँ भैरवी दल गुल्म रानीवन ब्यारेक हुम्लाले खानेपानीको टयाकी र धारा निर्माण गरी क्याम्पसलाई बुझाएको हो ।

नेपाली सेनाको आपतकालिन सहयोग कार्यक्रमबाट ३ लाख नगद संगै अरु नेपाली सेनाको श्रमदानबाट २ हजार ५ सय लिटरको रिर्जभवयर टयांकी सहित २ वटा धारा निर्माण गरेर मानसरोवर बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको नयाँ भैरवी दल गुल्मका गुल्मपति (सेनानी) निश्चल पाठकले बताए ।

खानेपानीको टयांकी र धारा उद्दघाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले देशको शान्ती सुरक्षका साथै जिल्लामा बिभिन्न सामाजिक कार्य गरेको बताए । नेपालि सेनाले देशको सुरक्षा मात्र होईन जनताको हकहितका लागि सामुहिक काम पनि गर्दै आएको छ यसै अन्तरगत मानसरोवर क्याम्पसमा निर्माण गरीएको ट्यांकी सहितको धारा पनि एक हो सिमकोट गाउपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।

खानेपानीको धारो हस्तान्तरण कार्यक्रममा नेपाली सेना सामाजिक काम जहिले तल्लिन रहेकोे छ । मानसरोवरको प्रवेशद्धरा हिल्सा नाकामा हेलिप्याड, धार्मिक पर्यटकिय तिर्थस्थल खार्पुनाथमा शौचालय निर्माण र जिल्ला सदरमुकाम सिमकोटमा रहेको क्याम्पसमा खानेपानीको धारा निर्माण गरी सेनाले अर्को राम्रो काम गरेकाले सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेले सेनाको प्रशासा गरेका छन् ।

खानेपानीको समस्या रहेको मानसरोवर बहुमुखि क्याम्पसमा नयाँ भैरबि दल गुल्मको सहयोगमा निर्माण गरीएको खानेपानीको धारा आजै एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले उद्घाटन गर्नु भएको थियो भने सिमकोट गाउपालिकाका अध्यक्ष पदमबहादुर लामाको रोहबरमा नयाँ भैरवी दल गुल्मका गुल्मपति (सेनानी) निश्चल पाठकले क्याम्पस प्रमुख बसन्त रोकायालाई प्रमाण पत्र सहित निर्माण गरीएको खानेपानि हस्तान्तरण गरीएको छ ।

खानेपानीको टयांकी र धारा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सिमकोट गाउपालिकाका उपाध्यक्ष बलि रावत, मानसरोवर बहुमुखी क्याम्पस संचालक समितिका सदस्यहरु, कोलेनिका प्रमुख राजन रेग्मी सहित बिभिन्न सरोकार निकायका प्रतिनिधिहरु लगायतको सहभागि रहेको थिए ।

न्युज २४ नेपाल बाट