News

‘पाकिस्तानलाई चमत्कार चाहिएको छ, हामी ५–६ सय रन बनाउँछौं’…





काठमाडौं, पाकिस्तानको लागि विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना नगण्य छ । उसले सेमिफाइनल पुग्न बंगलादेशलाई ३०० भन्दा बढी रनले जित्नुपर्ने अवस्था छ जुन झट्ट हेर्दा असम्भवजस्तै देखिन्छ । यही बीच पाकिस्तानी कप्तान सरफराज अहमदले पाकिस्तानी टिमलाई चमत्कारको आवश्यकता भएको बताएका छन् । 

‘हामीले ६००, ५०० त्यो पनि नभए कम्तीमा ४०० रन बनाउनुपर्छ र विपक्षी टिमलाई ५० रनआ अलआउट गर्नुपर्छ’ उनले भने ‘यदि हामीले यो वास्तविकताको बारेमा सोच्न सक्छौं भने त्यो गर्ने कोसिस पनि गर्न सक्छौं ।’ उनले अगाडि भने ‘हामी यहाँ सबै खेल जित्ने उद्देश्यसहित आएका हौं । हामी अन्तिम खेल जित्ने पूरा प्रयास गर्नेछौं र सेमिफाइनल पुग्ने पूरा प्रयास गर्नेछौं । तर हामी वास्तविकतामा रहनुपर्छ । यदि अल्लाहले मद्दत गरेका चमत्कार पनि हु सक्छ । तर, हाम्रो प्राथमिकता खेल जित्ने नै हुनेछ ।’

यो विश्वकपमा पाकिस्तानको उच्चतम स्कोर ३४८ रन छ जुन उसले इङल्याण्डविरुद्ध बनाएको थियो । यो विश्वकपको सर्वाधिक स्कोर भने ३९७ हो जुन स्कोर इङल्याण्डले अफगानिस्तानविरुद्ध बनाएको थियो । डिसी नेपाल