News

यी हुन् आफनै आमाको निर्मम ह**त्या गर्ने कुलांगर छोरा !





राजविराज । आफनै आमाको खुकुरी प्र*हार गरी विभत्स ह**त्या गरेको आरोपमा प*क्राउ परेका सप्तरीको सुरुड्डा नगरपालिका १ चहका टोलका ३३ बर्षीय जंगबहादुर पुलामीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।प्रहरीका अनुसार अघिल्लो दिन बिहिबार साँझ उनले ६४ बर्षीय आमा धनमायाको टाउको, घाटी र अनुहारमा खुकुरी प्र*हार गरी निर्मम ढंगले ह**त्या गरेका थिए । प्रहरीले जंगबहादुरलाई घरबाटै प*क्राउ गरेको हो ।आमाको ह**त्या गर्न उनले प्रयोग गरेको र*गत ल*तपतिएको २ थान खुकुरी पनि प्रहरीले घटना स्थलबाटै बरामद गरेको छ ।

उनले प्रारम्भिक बयानमै रिसले बहुला भएर ह**त्या गरेको स्वीकारेका छन्।आमालाई खुकुरीले आ**क्रमण गर्ने क्रममा अनियन्त्रित भएका उनलाई पनि आफैले बोकेको खुकुरीबाट टाउकोमा चो*ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी भावेश रिमालले जानकारी दिए ।अत्यधिक म*दिरा सेवन गरी घर पुगेका छोरालाई सम्झाउने क्रममा एक्कासि आवेसमा आएका जंगबहादुरले घरमै राखिएको खुकुरीले अन्धाधुन्द प्र*हार गरेको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले बताए ।घटनास्थलमै मृ**त्यु भएका धनमायाको श*व आवश्यक प्रकृया पुरा गरी पो*ष्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा पुयाइएको तथा शुक्रबार पो*ष्टमार्टम कार्य सकिएको उनले बताए ।

प्रहरीका अनुसार घटनाका दिन बिहान पनि जंगबहादुरले मदिरा सेवन गरेका थिए । उनले घरमा पालिएको दुई वटा कुखुरामध्ये एउटा कुखुरा का*टेर खान पकाउन बिहानै आमालाई भनेका थिए । छोराको आग्रहलाई पुरा गर्दै आमा धनमायाले तत्कालै कुखुरा का*टेर खाना पनि पकाइदिइन । त्यही खाना खाएर फेरी र*क्सी खान बाहिर निस्केका जंगबहादुर घर फर्केपछि आमाले सम्झाउँदा एक्कासि रिस र आवेसमा आएर अ*न्धाधुन्द खुकुरी प्र*हार गरी आमाको ह**त्या गरे ।घटनाका बेला धनमायाका पति लोकबहादुर रिचार्ज कार्ड लिन बजारतर्फ गएका थिए ।

धनमायाले बोक्ने मोबाईलमा पैसा सकिएपछि बजार गई रिचार्ज कार्ड किनेर घर फर्केका लोकबहादुर पत्नीलाई मृ**त अवस्थामा तथा छोराको दुवै हातमा र*गतले ल*तपतिएको खुकुरी देखेर त्रसित भई ज्यान जोगाउन भागेका थिए ।छर छिमेकसँगै प्रहरीलाई पनि जान कारी गराएपछि पुगेको प्रहरी टोलीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो । डिएसपी रिमालले यो अपत्यारिलो अपराधको घटना पत्याउनै पर्ने सत्य बनेको भन्दै लागूऔषध र मदिरा विरुद्घ प्रहरीले चलाएको जनचेतना अभियानमा सवैले सहयोग गर्नु पर्नेमा जोड पनि दिए ।प*क्राउ परेका जंगबहादुरलाई शुक्रबारै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । सिधा अनलाइन खबर बाट