News

रन रेट खराब भएपछि सेमिफाइनल पुग्न सकेन पाकिस्तान, बंगलादेशमाथि अन्तिम खेलमा जित





काठमाडौं । दक्षिण एसियाली टिम पाकिस्तान बेलायतमा जारी विश्व कपको सेमिफाइनलमा पुग्न नेटरनरेट बाधक बनेको छ । अंक तालिकामा न्यूजिल्याण्डसँगै ११ अंक जोडे पनि रन रेट न्यूजिल्याण्डभन्दा खराब भएपछि पाकिस्तानको विश्व कप यात्रा लीग चरणबाटै टुंगिएको छ । 

शुक्रबार पाकिस्तानले बंगलादेशमाथि शानदार जित हात पारेको थियो । लर्डसमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको हो । टस जितरे पहिला ब्याटिंग गरेको पाकिस्तानले ९ विकेटमा ३१५ रन बनाएको थियो । ३१६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा २२१ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका साहिन शाह अफ्रिदीले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए ।

उता बंगलादेशका सकिब अल हसनले भने प्रतियोगिताको टप स्कोरर भएर प्रतियोगिता टुंग्याए । उनले आफुले खेलेका ८ खेलमा दुई शतक र ५ अर्धशतक बनाए । उनले प्रतियोगितामा ६०६ रन बनाएका छन् । 

दुबै दक्षिण एसियाली टिमले लीग चरणबाट विश्व कप यात्रा टुंग्याएका छन् । पाकिस्तानले आफ्ना ९ खेल मध्ये ५ मा जित हात पार्यो भने एक खेल वर्षाका कारण रद्द भयो । उता बंगलादेश भने तीन खेलमा विजयी भयो । 

जारी विश्व कपमा सहभागी विश्का १० टिम मध्य दक्षिण एसियाबाटमात्र ५ टिम सहभागी भएका थिए । तर, भारतमात्र सेमिफाइनल पुग्न सक्यो । श्रीलंका र अफगानिस्तान पनि लीग चरणबाटै बाहिरिए । अफगानिस्तानले त आफ्ना ९ खेलमा एक पनि जित्न सकेन ।  डिसी नेपाल