Lifestyle

यौन सम्पर्कसम्म गर्न दिने भनेर घट्यो यस्तो घटना !

झापा– मीठो बोल्दै यौन सम्पर्कसम्म गर्न दिने भनेर एक व्यवसायीलाई फँ**साएर उनीबाट लाखौं रुपैयाँ असुल गर्न खोज्ने एक युवतीसहित उक्त योजना बनाउने अन्य तीन जनालाई प*क्राउ गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।युवतीको माध्यमबाट बिर्तामोड झापाका एक व्यवसायीलाई बन्धक बनाउँदै ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई प्रहरीले प*क्राउ गरेर सार्वजनिक गरेको हो।असार अन्तिम साता बिर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो। ती युवतीले मीठो बोलेपछि उनी युवतीबाट प्रभावित भए।

उनीहरुको इमो, भाइबरमा माया–प्रेम हुँदै याै*न सम्बन्धसम्मका कुरा भए।साउन १ गते युवतीले बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई फोन गरेर बोलाइन्। सुन्दर र जवान युवती देखेर ती व्यवसायी मख्ख परे। व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे। अ*सुरक्षा हुने भन्दै युवतीले व्यवसायीको होटल जाने भन्ने कुरा मानिनन्।उनले भद्रपुर रोडमै साथीको कोठा भएको हुनाले त्यसतर्फ जाने प्रस्ताव राखिन्। व्यवसायीले पनि त्यो प्रस्ताव उपयुक्त ठाने र कोठा जान राजी भए।कोही नभएको कोठामा बेलुका करिब ८ बजे पुगेर उनीहरु ढोकामा चुक्कुल लगाएर बसे।

कसैले बाहिरबाट ढोका ढकढक्यायो। ढोका खोल्दा हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले। छुरा र प्लाष्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो।नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेकामध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन्। त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरेका हुन्छन्।त्यसपछि व्यवसायीसँग ५० लाख रुपैयाँ वार्गेनिङ हुन्छ। अन्तिममा साउन ५ गते ४० लाख रुपैयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ। यति गर्दा रातको १० बजेको हुन्छ।

रकम जम्मा भए-नभएकाे बारेमा लगातार उनीहरुले ताकेता गर्छन्।पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरुले दिन्छन्। त्यसपछि व्यवसायीले इलाका प्रहरी कार्यालयमा गएर घटनाको बारेमा बिस्तृत कुरा बताउँछन्।प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगायो र भित्रभित्रै अपहरणकारीको खोजी शुरु गर्‍यो। पीडितसँग फोन आएका मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दाजिलिङ थाना खोरीबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई प**क्राउ गर्न सफल भयो।

त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रितु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट प**क्राउ गरेको बताएको छ।प्रहरीले उनीहरुबाट बा. १५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल ३ थान, प्लाष्टिकको नक्कली पेस्तो**ल, प्रोप्रानोलोल लेखिएको १ पत्तामा १५ च*क्की र नि*ट्रोसन १० लेखिएको १ पत्तामा ४ च*क्की खाली भइ ६ चक्की रहेको औषधी ब**रामद गरेको छ।सुजन शंकरकी प्रेमिका भनिएकी रितु फियाकलाई भारतको दिल्लीबाट यही घटनाका लागि झिकाएको प्रहरीको भनाइ छ।

प**क्राउ परेकामाथि शरीर बन्ध*क बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।प्रतिवादी मध्येका सञ्जु क्षेत्री भनिने सुजन शंकरलाई २ वर्ष अगाडी मानव वेच**विखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको पाइएको प्रहरीले जनाएको छ।प**क्राउ परेकाहरुले संगठित अपराध गर्नका लागि विर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिम पट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अ**पराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीको भनाइ छ।

प**क्राउ परेकाहरुविरुद्ध शरीर बन्ध*क मुद्दामा सातदेखि १० बर्षसम्मको कै*द स*जाय र ७० देखि एक लाख रुपैयाँसम्म जरिवाना र जबरजस्ती पैसा असुल्ने मु*द्दामा सात बर्षसम्मको कैद स*जाय र ७० हजार रुपैयाँ जरिवानाको माग गर्दै जिल्ला अदालत झापामा मुद्दा दायर गर्ने गृहकार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी थापाले बताए।