Lifestyle

प्रचण्डकी बुहारी को आयो दुखद खबर:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी समेत रहेकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरको दवावमा मेलम्ची खानेपानी आयोजनाका कामहरू भित्रभित्रै पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा दिएको रहस्य बाहिर आएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार मेलम्ची खानेपानी आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको छ । त्यसका लागि मन्त्री मगरले आयोगका हाकिमहरूलाई दवाव दिँदै आएकी छिन् ।

आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपियाँको मेलम्चीको मुहानमध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका छन् । कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएका छन् ।

मन्त्रिपरिषदले गत जेठ ६ गते कुल ४३ करोड रुपियाँका काम बिनाप्रतिस्पर्धा जसलाई दिएपनि हुने गरी निर्णय गरेको थियो । सोही निर्णयको आडमा अहिले ती ठेक्का धमाधम पूर्वमाओवादी कार्यकर्तालाई वितरण सुरु भएको छ ।

डेढ अर्ब रुपियाँमा पूरै मेलम्चीको काम सकिने भएपनि मन्त्रिपरिषदले दुई अर्ब ६३ करोड रुपियाँमा ठेक्का दिने निर्णय गरेको थियो । आयोजना प्रमुखसित वार्ताका आधारमा ठेक्का लिन सफल श्रेष्ठले माओवादीका तीन कार्यकर्ता चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारीलाई उपठेक्का दिएका छन् ।

कँडेलले तीन करोड रुपियाँमा श्रेष्ठ कन्स्ट्रक्सनलाई दिइएको ठेक्का उसले माओवादी कार्यकर्तालाई दिएको छ । उपठेक्का लिएर उनीहरूले केही दिनअघि मेलम्ची खोलामा लगाएको ग्याभिन वाल बाढीले बगाएको थियो ।

ठेकेदराले १२ लाख रुपियाँको पर्खाल लगाएर ५० लाख रुपियाँको बिल कँडेलसमक्ष पेस गरेका छन् । बिलमा काम गर्न नपाएको दाबी पनि समावेश छ ।

उपठेक्का पाउनेमा चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारी छन् । चिरन पूर्वमाओवादी एवं सिन्धुपाल्चोकका विद्यार्थी जिल्ला अध्यक्ष हुन् ।

उनी विप्लव नेृतत्वको नेकपामा लागेर पुनः माओवादीमै फर्केका थिए । उनी खानेपानी मन्त्री मगरको सचिवालय सदस्य पनि हुन् । ठेक्का लिएका अर्का अभिषेक तामाङ पनि पूर्व माओवादीको जिल्ला समिति सदस्य हुन् । उनी पनि विप्लव हुँदै पुनः माओवादीमै फर्केका हुन् ।

अर्काे ठेकेदारमा माओवादीका डीसीएम तथा हाल क्षेत्रीय सदस्य मोदनाथ पनि विप्लव हुँदै माओवादी फर्केका कार्यकर्ता हुन् । आयोजना प्रमुख कँडेल, तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरले तीनै चरणमा काम गरिरहेको ठेकेदारलाई ३६ करोड रुपियाँ भुक्तानी रोकेका थिए ।