News

जीवन साथीको खोजीमा छिन् नायिका बेनिशा हमाल, के तपाइमा उनले खोजेका गुण छन्, हेर्नुहोस् 👇👇

काठमाडौं– म अहिले चलचित्र क्षेत्रमा छु, त्यसैले मेरा हुनेवाला जीवनसाथी मेरो पेसालाई बुझ्ने तथा सम्मान गर्ने हुनुपर्छ।’अभिनेत्री बेनिशा हमालले भनेकी छन्, ‘जीवनसाथीसँग मनसँगै विचार पनि मिल्न जरुरी छ। आफ्नो जीवनसाथी बौद्धिक भएदिए हुन्थ्यो भन्ने लाग्छ।’

आफ्नो जीवनसाथी सेन्स अफ ह्युमर भएको होस् भन्ने चाहना छ । हरेक अवस्थामा आफ्नो साथै पार्टनरको सहजताबारे पनि ख्यान गर्ने जीवनसाथी भैदिएहुन्थ्यो भन्ने लाग्छ। मलाई मायाका साथसाथै ससाना कुरामा केयरिङ गरेको असाध्यै मन पर्छ ।

आफ्नो मान्छेलाई के कुरा मन पर्छ–पर्दैन भन्ने कुरामा चासो राख्दा माया अझ प्रगाढ हुन्छ । मेरो जीवनसाथी चलचित्र क्षेत्रभन्दा बाहिरको होस् भन्ने लाग्छ । किनभने त्यसो भयो भने समय समायोजन गर्न सहज हुन्छ। साप्ताहिकबाट

सम्वन्धित समाचार

‘घर’ भित्रको बेडसिन दर्शकले पचाउनुहुन्छः बेनिशा
वि.सं २०७४ सालमा रिलिज भएको चलचित्र ‘ब्लाइन्ड रक्स’बाट नायिका बेनिशा हमालले राम्रो प्रशंसा पाइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाको निकै चर्चा भएको थियो । यो चलचित्र रिलिज भएको केही समयपछि बेनिशा पुनः पर्दामा फर्किन लागेकी छिन् ।

बेनिशालाई अर्पण थापाको निर्देशनमा बनेको चलचित्र ‘घर’मा दर्शकले हेर्न पाउनेछन् । यो चलचित्रमा बेनिशाले दर्शकलाई तर्साउने अपेक्षा गरिएको छ । साउन ३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । बेनिशा भन्छिन्–‘मलाई अफर आउँदा हरर चलचित्र हो भन्ने थाहा थिएन । राम्रो मेकरबाट चलचित्र अफर आएकोले मैले हुन्छ भनेको थिएँ । पछि हरर भन्ने थाहा पाएपछि झनै उत्साहित भएको थिएँ ।’ चलचित्रमा आफ्नो पात्रले तर्साउँछ या आफै तर्सिन्छ भनेर खुलाउन नमिल्ने बेनिशा बताउँछिन् ।

चलचित्रमा काम गर्दा बेनिशाले बिल्कुलै फरक अनुभव गरिन् । उनी भन्छिन्–‘टिम राम्रो भएकाले काम गर्न निकै सहज भयो । धेरै टेक्निकल कुराहरु पनि बुझ्ने मौका पाइयो ।’ चलचित्रका लागि बेनिशाले आफ्नो लुक्स पनि परिवर्तन गरेकी छिन् । तर, लुक्स परिवर्तन आफ्नो इच्छाले नगरेको उनले सुनाइन् । स्क्रिप्टको माग अनुसार नै उनले आफ्नो लुक्स परिवर्तन गरेकी हुन् । उनले यो चलचित्रमा आफ्नो कपालमा धेरै परिवर्तन गरेकी छिन् ।

चलचित्रको ट्रेलरमा बेनिशाको बेडसिन पनि देखाइएको छ । उनले यो बिषयमा भनिन्–‘त्यो मैले गरेकी होइन । चलचित्र भित्रको क्यारेक्टरले गरेको हो’, बेनिशा अगाडि भन्छिन्–‘चलचित्रको माग अनुसारको काम भएको छ । त्यसलाई दर्शकले पचाउनु हुन्छ ।’

‘यो ग्याप किन ?’ भन्ने प्रश्नमा बेनिशाले भनिन्–‘यो बीचमा धेरै अफर नआएको पनि होइन । तर, आएका अफरहरु राम्रो नलागेपछि गरिनँ । यसमा फरक क्यारेक्टर गर्ने भएपछि उत्साहित भएर काम गरेको हुँ ।’ चलचित्रमा अर्पण थापा, बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । चलचित्रले दर्शकलाई हररको दुनियाँमा लैजाने बेनिशाको ठोकुवा छ ।

नेपाली मेकरहरुले बनाएका हरर चलचित्रमा दर्शकको विश्वास कम छ । तर, यसपटक भने दर्शकले नेपालमा पनि यस्तो स्तरिय हरर चलचित्र बन्छ भनेर विश्वास गर्ने बेनिशाले दाबी गरिन् ।