Lifestyle

विप्लवको अन्त्य विनाशबाट हुने

काठमाडौं । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विप्लवको अन्त्य विनाशबाट हुने बताउनु भएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले वार्ताको बाटा नअपनाएर हिंसाको बाटो रोजेको भन्दै आतंककारी गतिविधि गरिरहे विनाश हुने चेतावनी दिएका हुन् ।सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री बास्कोटाले विप्लव समुहले वार्तामा आउनको लागि नरुचाइएको र गैरसंवैधानिक काम गर्दै हिडेको भन्दै चन्दा उठाउने र हिंसाको वातावरण बनाइराख्ने काम गरेको भन्दै त्यसको प्रतिफल राम्रो नहुने बताउनु भएको हो ।बिहीबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारले विप्लव समुहका गतिविधिलाई नियन्त्रण र निस्तेज गर्न जे गर्नुपर्थ्यो त्यो गरिरहेको दाबी समेत गर्नुभयो । देशमा जनताले चाहेको परिवर्तन भइसकेको छ, उहाँले भन्नुभयो ।परिवर्तनको नाममा जनतालाई दुख दिनु, शैक्षिक संस्थाहरुलाई अवरुद्ध पार्नु कस्तो खालको परिवर्तन हो ?, उहाँले प्रश्न गर्नुभयो । विप्लवका गतिविधिबारे सरकारको आधिकारीक धारणा राख्दै मन्त्री बाँस्कोटाले भने, वार्तामा आए रातो कार्पेट बिछ्याएर स्वागत गरिन्छराजविराज : मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन्। घरमा कोही नभएका बेला

सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन्। सुरुङ्गा नगरपालिका १ का निमित्त वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए। उनले खुकुरी नचाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ। बिहीबार दिउँसो धनमायाले मोबाइलमा रिचार्ज सकिएको भनेपछि उनका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएका थिए। उसै बेला छोराले आमाको हत्या गरेको लोकबहादुरले बताए। खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले जानकारी दिए। ‘दुबै हातमा खुकुरी लिएर आँगनमा नाचिरहेको अवस्थामा सम्झाई-बुझाई गरेर आरोपितलाई नियन्त्रणमा लिएका छौँ’, इन्स्पेक्टर बस्नेतले भने। उनलाई इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ।शवलाई पोष्टमार्टमका लागि भर्खरै रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पुर्‍याइएको छ। जंगबहादुर मनोरोगी भएको भन्दै जंगबहादुरलाई छाडेकी उनकी श्रीमती एक छोरा र एक छोरीका साथ उदयपुरको रौतास्थित माइत विस्थापित छन्।