Lifestyle

अन्नपूर्ण भोजनालयमा २५ रुपैयाँमै शाकाहारी खाना

अन्नपूर्ण भोजनालयमा २५ रुपैयाँमै शाकाहारी खाना प्रतिक पौडेल भैरहवा । नेपालमा महंगीले गर्दा जिवन धान्न धेरैनै कठिन छ । २५ रुपैयाँले नेपालमा के पाइएला ? एक कप चिया खान पनि करिव १५ रुपैयाँ खर्च हुन्छ । तर रुपन्देहीको भैरहवामा अन्नपुर्ण भोजनालयले २५ रुपैयाँमै शाका हारी खाना दिने गरेको छ ।हरेक हप्ताको शुक्रवार यहाँ कहिले भात कहिले खिर र कहिले पुरी पाक्छ । तरकारी सिजन अनुसारको । अमिलो पिरो चट्ट अचार । झानेको दाल । मिठो खाने कुरा पाक्ने गर्छ ।पेशाले कन्स्ट्रक्सन इन्जिनियर रहेका युवा ब्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झना र पर्यटन मन्त्री रविन्द्र अधिकारीको अल्पायूमै निधन भएपछि ‘मरेर लानु के नै रहेछ र’ भन्ने लागेर यो कामको थालनी गरेको खुलाए ।

उनले श्रमिक र निम्न आय भएका वर्गलाई लक्षित गरी बिहानको एक छाक शुद्ध शाकाहारी खाना २५ रुपैयाँमै उपलब्ध गराउन थालेका छन् ।वि.स. २०६७ सालमा आमा निधन हुँदा उनको नामको २५ लाख रुपैंयाँ बैंकमा जम्मा गरेका रविले हरेक वर्ष आफ्नो कमाइको पाँच लाख थप्दै गएपछि अहिले करिब ६० लाख रकम पुगेको बताए ।उक्त रकम मायादेवी च्यारिटेबल फाउण्डेशनको नाममा राखेर त्यसैबाट २५ रुपैंयाँमा खाना खुवाउने योजना बनेको उनले बताए । ‘एक छाक गुणस्तरीय शाकाहारी खानाको लागत कम्तीमा करिब ५० रुपैंयाँ पर्दो रहेछ’– रौनियारले भने–‘खाना खानेहरुबाट २५ रुपैंयाँ लिन्छौं, बाँकी २५ रुपैंयाँ फाउण्डेशनबाट खर्च गर्छौं ।’

मायादेवी च्यारिटेबल फाउण्डेसन अन्तर्गत अन्नपूर्ण भोजनालय मार्फत २०७६ बैशाख ३१ देखि रौनियारले यो कामको थालनी गरेका हुन् । हाल सम्म फाउण्डेसनले १३ पटक गरि करिव ५ हजार १ सय ८२ जनालाई खाना खुलाईसकेको छ ।अहिले सम्म भैरहवाको भिम अस्पताल, रण अम्बिका आखा अस्पताल, मेडिकल कलेज, मायादेवी तरकारी तथा फलफुल बजार, बेलहिया मावी, गौतमबुद्ध मावी र रोहीणी गाउपालिका स्थित धकधईमा खाना खुलाएको छ ।शुक्रबार फाउन्डेशनले १३ औ पटक भैरहवाको भिम अस्पताल मा खाना खुलाएको थियो ।रौनियारका अनुशार फाउन्डेशनको भावी योजनामा हप्ताको तिन दिन २५ रुपैयामा खाना खुलाउने रहेको छ ।-सिधाअनलाइनखबर