Lifestyle

भर्खरै। भैरहवा बाट काठमाडौं जाँदै गरेको गाडी त्रिशूलीमा खस्यो

दुखद खबर। काठमाडौं आउँदै गरेको गाडी त्रिशूलीमा खस्यो चितवन । त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएका सहचालकको शव फेला पेरको छ । ट्रक खसेको करिब पाँच घण्टापछि शव फेला परेको हो । मृत्यु हुनेमा दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ ।भैरहवाबाट काठमाडौंतर्फ गइरहेको ना ४ ख १७९६ नम्बरको ट्रक पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका–५ मुग्लिन बजार नजिकै त्रिशूलीमा खसेको थियो । ट्रक चालक घाइते छन् । रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । ट्रक सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार
भइरहेको छ । ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।वर्षासँगै सुरु भयो विपद: ११ जनाको

मृत्यु, कहाँ के भयो ? (अपडेटअसार, काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर र पर्सामा गरी ११ जनाले जनाले ज्यान गुमाएका छन् ।प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको र्त्भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन्