Lifestyle

बावुले गरे आफ्नै चार वर्षीया छोरीको हत्या

रौतहट – बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको खुलेको छ। रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ। यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले हत्यागरेकोस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए। उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।यसरी भयो घटनाअसार १७ गते छोरी घरबाट हराएको भन्दै राम किशोरले नै प्रहरीमा खबर गरे। खबरपछि खोजीमा जुटेको प्रहरी र स्थानीयको सहयोगमा त्यसको भोलिपल्ट छोरीको शव गाउँकै पोखरीमा शव फेला पर्यो। पोखरीमा मरेको अवस्थामा बालिकाको शव फेला परेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइयो। शरीरमा निल डाम देखेपछि बालिकाको हत्या भएको हुनसक्ने आशंका गरियो। त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो।प्रहरी नायक उपरीक्षक नविन कार्की नेतृत्वको प्रहरी टोलीले गरेको अनुसन्धानमा बालिकाकै बाबु तानिए। र अन्ततः आफैले छोरीको हत्यागरेको समेत स्वीकार गरेका छन्। राजविराज : मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन्। घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन्। सुरुङ्गा नगरपालिका १ का निमित्त वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए। उनले खुकुरी नचाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ। बिहीबार दिउँसो धनमायाले मोबाइलमा रिचार्ज सकिएको भनेपछि उनका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएका थिए। उसै बेला छोराले आमाको हत्या गरेको लोकबहादुरले बताए प्रहरी कार्यालय कडरबोनामा राखिएको छ।शवलाई पोष्टमार्टमका

ती महिला जो आफूलाई भगवान भन्छिन उनी बस्ने ठाउँ । यही भित्र उनी बस्छिन ।
आश्वासन दिने गरेकी छिन् । कथित भगवान बताउने ती महिला कहिल्यै पनि सार्वजनिक हुँदैनिन् । भएकी पनि छैनन् ।कथित ‘भागवन’को नाममा काण्ड मच्चाउँदै आएकी उनको वास्तविक नाम खुल्न सकेको छैन । उनलाई चिन्ने स्थानीयहरू कथित भगवानको आश्रममा जाँदैनन् । उनलाई भेट्न जाने भनेका नचिनेका र नबुझेका तथा बाहिरी जिल्लाबाट आएका व्यक्तिहरू मात्रै रहेका हुन्छन् । कथित भगवानको ठगी धन्दाका समाचारहरू बाहिर आउन थालेपछि उनको व्यापार पछिल्लो समय ओरालो लागेको छ ।बुधबार दैनिक नेपालका प्रतिनिधि कथित भगवानको आश्रममा जाँदा ५०–६० जना मात्रै देखिएका थिए । जबकी कथित भगवानको आश्रममा बुधबार र शनिबार विशेष मेला लाग्ने गर्छ ।कथित ‘भगवान’ अर्थात माताको आश्रमभित्र जो कसैलाई प्रवेश सहज छैन । मूल गेटमा हरियो कपडा लगाएका व्यक्तिहरू राखिएका छन् । ती व्यक्तिहरूले जो पायो त्यसलाई प्रवेश गर्न दिँदैनन् । जानेबुझेका र आफूहरूको ठगी धन्दामा असर पु-याउने खालका व्यक्तिलाई कुनैपनि हालतमा प्रवेश दिइँदैन । दैनिक नेपालले ती महिला जसले आफूलाई भगवान भन्न रुचाउँछिन् उनका बारेमा थुप्रै काण्डहरू फेला पारेको छ ।धर्मका नाममा १५–२० वर्षदेखि लुट मच्चाउँदै आएकी ती महिला अर्थात भगवानले किन आफूलाई सार्वजनिक गर्न चाहँदैनिन् रहस्यको विषय बनेको छ ।ती महिलाको आफ्नै परिवार पनि छ । ज्यापु समुदायकी ती महिला कुनै बेला सोही ठाउँमा चियाप पल गर्ने गर्थिन् । स्वर्गबास भइसकेका उनका पतिले साइकलको टायर पञ्चर मर्मत गर्ने पसल चलाउँथे । ती महिला अर्थात ‘भगवान’ र परिवारका अन्य सदस्यहरू चिनजानेका

स्थानीयहरूसँग बोल्दैनन् ।त्यति मात्रै होइन आश्रममा पूजा गर्ने सामाग्रीहरू बाहिर आसपासका पसलबाट भित्र लैजान दिइँदैन । आश्रमभित्रै कपडा, फूल आदिको व्यापार गर्ने गरिएको छ । ती महिलाको दर्शनका लागि न्यूनतम १ सय ५० देशि २ लाखसम्म लिने गरिएको एकजना भक्तले बताएका छन् ।दर्शन गर्न आउने भक्तको पैसाले किनिएको आलिसान भवन । यही भवनभित्र हुन्छ धर्मका नाममा ठगी ।आश्रम र ती महिला अर्थात ‘भगवान’का बारेमा जानकारीमाग्दा गेटमा बसेका स्वयं सेवकहरूले कुनै जानकारी दिन मानेन् । राज्यलाई समेत कुनै कर नतिरेर लुट मच्चाइरहेको यस विषयमा भक्तपुर प्रहरी मौन छ । कतिपयले ती महिलाले प्रहरी प्रशासनसँग सेटिङ मिलाएर धर्मका नाममा लुट मच्चार ठगी धन्दा गर्दै आएको आरोप स्थानीयले लगाएका छन् ।देशका विभिन्न स्थानमा धर्मका आडमा ठगी धन्दा मौलाइरहेका बेला भक्तपुरमै यति ठूलो काण्ड हुँदासमेत प्रहरी प्रशासन मौन बस्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।ती महिला अर्थात कथित ‘भगवान’को ठगी धन्दाका बारेमा भक्तपुर प्रहरीका प्रवक्ता एवम् डिएसपी रेवतीरमण पोखरेलले कुनै जानकारी नरहेकाे बताए । उनले जिल्लाभित्र हुने कुनै पनि ठगी वा आपराधिक घटना हुन नदिने बताउँदै ठगी गरेकाे सूचना पाएमा छुट नदिने चेतावनी दिए ।उहाँको बारेमा ठगीको उजुरी आएको छैन । उजुरी आयो भने छानविन गरेर कारबाही हुन्छ’, उनले भने, ‘उहाँका गतिविधिलाई पक्कै पनि प्रहरीले निगरानी गरेको छ । तर, कसैको आस्था र धर्ममाथि प्रहरीले हस्तक्षेप गर्दैन । धर्मका नाममा ठगी भयो भने चुप लागेर बस्ने कुरा रहँदैन ।’(कथित ‘भगवान’ ती महिलाले आफ्नै पतिलाई किन बचाउन सकिनन् । ती महिला को हुन् ? कसले संरक्षण गरेको छ ? आदि विषयमा अर्को अकंमा जानकारी दिने छौँ ।)