News

प्रधानमन्त्री ओली एकाएक बिरामी ! के भयो ?

प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ हुनुभएको छ । मुटुको चाल र सुगरमा गडबडी हुँदा प्रधानमन्त्री ओली पुनः अस्वस्थ हुनुभएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीका अनुसार धपेडी र तनावका कारण प्रधानमन्त्री अस्वस्थ हुनुभएको हो ।

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अप्डेट अनुसार प्रधानमन्त्रीको सुगर अप्रत्याशित रुपमा बढेको छ भने अहिले आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । यसअघि, गत कात्र्तिकमा समेत अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो । त्यसबेला उहाँलाई निमोनियाको संक्रमण देखिएको थियो ।

यो पनि ,
मंसिरसम्म राजा नल्याए सत्याग्रह सुरु गर्ने चेतावनी !
स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरेमा सत्याग्रह सुरू चेतावनी दिएको छ ।

शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको आफ्ना मागहरू सम्बोधन गराउन विभिन्न खबरदारी सभाहरु गर्दै आएको बताए । २१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेकोमा उनले आपत्ति जनाउँदै भने, ‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो ।’

उनले आफूहरुले २०७५ जेठ २५ गते सभामुखलाई हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि ज्ञापन पत्र बुझाएको सुनाउँदै आउँदो मंसिरसम्म पनि माग सम्बोधन नभए ७२ घण्टे लामो सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

सभामुख कृष्णबहादुर महरालाई बुझाइएको उक्त ज्ञापनपत्रमा ‘देशको पहिचान हिन्दु अधिराज्य, राष्ट्रिय अखण्डता, स्वाधीनता, देशको धर्म, सँस्कृति, भेगीय, क्षेत्रिय, आधुनिकता र परम्परागत संयोजनले मात्र नेपालको सार्वभौम सत्ता सुरक्षित गर्ने गराउने काम नेपालको शाह वंशीय राजसंस्थाले गरिआएको र एक्काइसौं शताब्दीमा लोकतन्त्र भनेपनि विश्वव्यापी मान्यता सबैले फुल्न र फल्न पाउने व्यवस्थालाई नै लोकतन्त्र भनी बुझिआयौं’ भन्ने कुरा उल्लेख छ ।

अगाडि भनिएको छ, ‘हामीले ज्ञापनपत्र बुझाएको यत्तिका समय हुँदापनि सुनुवाई भएन र हामीले गर्दै आएको खबरदारी सभा त देशभरि जारी रहीरहने छ र अबको ५ महिना भित्र कुनै सुनुवाई नभएमा हामी मंसीर १ गते देखि ७२ घण्टे, लाखौं जनताको उपस्थितिमा संत्याग्रह गर्न हामी बाध्य हुनेछौं । सत्याग्रह गर्ने हाम्रो कुनै रहर होइन ।’

नेपालमा जनै लगाउने र नलगाउने गरी ओमकार परिवार ९४५ प्रतिशत बसोबास गर्ने दाबी गर्दै समाजले विश्वको एकमात्र हिन्दु अधिराज्य नेपालमा शाहवंशीय राजसंस्थालाई भूमिका दिन माग गरेको छ ।