Lifestyle

प्रधानमन्त्री केपी शर्मा ओलीलाई वीरेन्द्र सैनिक अस्पतालमा लगियो

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ । शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा दिब्यासिंह शाहले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो’ उनले भनिन्, ‘उहाँको रगत, दिसापिसावलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ ।’ उनको अब एउटा रिपोर्ट आउन बाँकी रहेको र बाँकी रिपोर्टमा स्वास्थ्य अवस्थामा सामान्य पाइएको उनको भनाइ छ ।आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बल सामना गर्दै ८ चौका र ३ छक्का हिर्काए ।त्यस्तै, ओपनर रोहन रंगाराजनले ३३ बलमा

४९ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र ४ छक्का हिर्काए । विकेटकिपर मनप्रित सिंहले पनि २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई विशाल लक्ष्यतर्फ डोर्याए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।नेपालका लागि अभिनाष बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए ।त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए ।आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए ।आजको खेलको विजेता अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।हाल सिंगापुर ५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।