Lifestyle

काठमाडौं जाँदै गरेको बस ट्रक दुर्घटना

चितवन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटना बिहान ४ः४५ बजे भएको

थियो ।दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । सबैको अवस्था मध्यम रहेको छ । ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।काठमाडौं । आईसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा सिंगापुर र नेपालबिच खेल भइरहेको छ।सिंगापुरको इण्डियन एसोसियसन क्रिकेट मैदानमा १९२ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ। दोस्रो विकेटको रुपमा नेपालले विस्फोटक ब्याटिङ गरेका ज्ञानेन्द्रलाई गुमाएको हो। उनी २१ बलमा ३९ रन बनाएर आउट भए। यस्तै पहिलो विकेटमा नेपालका कप्तान पारस खड्का आउट भएका थिए। उनी १० बलमा १२ रन बनाएर आउट भए।