Lifestyle

दुई छोरीलाई बचाएर आमाले बिदा लिन यो संसारबाट

आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा लागिन् ।दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामानमात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई विस्तारा थिए ।

सधैं पल्लो कोठामा सबैसँगै सुत्थे तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् । आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए ।

पाल्लो कोठामा सुतेका दुई छोरीहरुको भने कथा अर्कै भयो । उनीहरु पनि अरुहरुझै मस्त निद्रामै थिए । अचानक पत्तौ पाए–घर घरक्क ग¥यो, अनि गल्र्यामगुर्लुम भत्कियो । ‘एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्,‘त्यसपछि थाहा पाएनौं ।’छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम गौतमले लेखेका छन् ।

आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन्रू खबाट लड्दा धादिङ जिल्लाको त्रिपुरासुन्दरी–२, सल्यानटारका अञ्जन श्रेष्ठको मेरुदण्डमा चोट लाग्यो । त्यसपछि हिँडडुल नै बन्द भएका श्रेष्ठ दुई वर्षअघि धादिङमै शारीरिक पुनस्र्थापना केन्द्रले गरेको घुम्ती शिविरमा गए । त्यहाँ उनले मोबिलिटी ह्विलचेयर पाए ।

ह्विलचेयर पाएपछि उनको जीवन थोरै सहज भएको थियो तर केही महिनाअघि उहाँको ह्विलचेयर बिग्रियो । ह्विलचेयर मर्मत गर्न काठमाडाँैंसम्म आउन नसकेपछि उनले गर्ने सामान्य काम र हिँडडुलबाट समेत वञ्चित हुनुप¥यो । श्रेष्ठले अनुरोध गरेपछि उनका छिमेकी विश्वराज पाण्डे काठमाडौँंमा ह्विलचेयर लिन आएका छन् ।

श्रेष्ठले ह्विलचेयरमा बसी चौतारासम्म हावा खान जाने र हातले गर्ने घरको सामान्य काममा सघाउने गर्थे । “बिग्रिएपछि मोबिलिटी भएन । पैसा भएर पनि पहुँच नभएपछि काम रहेनछ,” श्रेष्ठको दुःख पोख्दै पाण्डेले भने ।

ह्विलचेयर लिन वा बिग्रिँदा त्यो बनाउन काठमाडाँैं नै आउनुपर्ने बाध्यताले श्रेष्ठजस्तै धेरै अपाङ्गता भएका व्यक्ति पीडित छन् । गाउँगाउँका ह्विलचेयर प्रयोगकर्ताको ‘फ्लोअप’ दर निकै कम रहेको शारीरिक पुनस्र्थापना केन्द्र, भृकुटीमण्डपका प्रोस्थेटिस्ट तथा अर्थाेटिस्ट रामबहादुर थापाले बताए ।