News

साउथ फिल्मका यी १० अभिनेत्रीहरु , जो साउथका होइनन् , कहाँ को हुन् ?

काठमाडौँ । दक्षिण भारतीय फिल्मको कथावस्तु र अभिनेत्रीहरुको सुन्दरताको कारण दर्शकहरुलाई बढी तान्ने गर्छ ।जसले गर्दा दक्षिण भारतीय फिल्मको अभिनेत्रीहरु नाम मात्र होइन् , दाम पनि राम्रै कमाउछन् । त्यसो त तपाईलाई थाहा नहुन सक्छ , बलिउडका अधिकांश सुपरहिट फिल्म दक्षिण भारतीय फिल्मको रिमेक हुन् । त्यतिमात्र होइन् , साउथमा अभिनय गर्ने प्राय अभिनेत्रीहरु त्यहाका होइन् । उनीहरु भारतका नागरिक हुन् । हेर्नुस् को को हुन् ?

नगमा
दक्षिण भारतीय फिल्मको चर्चित अभिनेत्री नगमा दक्षिण भारतकी होइन् । वास्तवमाा उनी मुम्बईमा जन्मिएकी हुन् । तर धेरे दर्शकहरुले उनलाई दक्षिण भारतकै नायिका भनेर चिन्दछन् । उनले हिन्दी, तमिल र तेलुगु फिल्ममा काम गरिसकेकी छिन् ।

इलियाना डि’ क्रुज
अभिनेत्री इलियाना डि’ क्रुज पनि दक्षिण भारतीयकी होइनन् । उनी पनि मुम्बईमै जन्मिएकी हुन् ।उनले बलिउडमा फिल्म बर्फीबाट डेब्यू गरेकी थिइन् ।

काजल अग्रवाल
दक्षिण भारतीय धेरै फिल्महरुमा काम गरेकी अभिनेत्री काजल अग्रवाल पनि मुम्बईकी हुन् । उनले हिन्दी ,तेलुगर र तमिल फिल्ममा काम गरिसकेकी छिन् ।

हंसिका मोटवानी
बलिउडमा फिल्म तेरा सुरुर बाट प्रवेश गरेकी अभिनेत्री हंसिका मोटवानी पनि मुम्बईमै जन्मिएकी हुन् । उनले बलिउडमा बाल कलाकारको रुपमा कोइ मिल गयाँ मा अभिनय गरेकी थिइन् ।जुन फिल्म ब्लकबस्टर हिट भएको थियो । तर पछि अभिनेत्रीको रुपमा अभिनय गर्दा बलिउड फिल्म फ्लप भएपछि साउथमा प्रवेश गरेकी थिइन् ।

अविका गोर
लोकप्रिय सिरियल ‘बालिका बधु बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री अविका गोर पनि मुम्बई निवासी हुन् । उनले तेलुगु फिल्म उय्याला जम्पाला बाट डेब्यू गरेकी हुन् । त्यतिमात्र होइन् , साउथ फिल्मको पनि चर्चित अभिनेत्री हुन् ।

भूमिका चावला
चर्चित अभिनेत्री भूमिका चावला दक्षिण भारतीय नभई भारतको राजधानी दिल्लीकी हुन् । दक्षिण भारतीय धेरे फिल्ममा काम गरिसकेकी अभिनेत्री चावलाले फिल्म तेरे नाम बाट दर्शकहरुको मनमा बसेकी थिइन् ।

नम्रता शिरोडकर
दक्षिण भारतीय फिल्मको अभिनेत्री नम्रता शिरोडकर अभिनेता महेशबाबुको श्रीमती हुन् । तर उनी दक्षिण भारतकी नभई मुम्बईकी नै हुन् । उनले बलिउडमा वास्तव र पुकार जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

तापसी पन्नू
तपाई थाहा छैन् होला अभिनेत्री तापसी पन्नू पनि दक्षिण भारतको नभई दिल्लीकी हुन् । उनले बलिउडमा शबाना , पिकु र जुडवा २ जस्ता फिल्ममा काम गरिसकेक छिन् ।

तमन्ना भटिया
बाहुबली फिल्मबाट सुन्दरता र अभिनयको कारण चर्चामा आएकी अभिनेत्री तमन्ना भटियालाई नचिन्ने दर्शकहरु कमै होलान् । किनभने यो फिल्म ब्लकबस्टर फिल्म हो । तर धेरैलाई थाहा नहोला,उनी पञ्जाबकी हुन् ।उनले अभिनेता अजय देवगनसँग हिम्मतवाला र अक्षयक कुमारसँग इन्टरटेन्मेन्टमा काम गरेकी थिइन् ।

चार्मी कौर
दक्षिण भारतीय चलचित्र उद्योगकी अभिनेत्री चार्मी कौर पनि मुम्बईकी नै हुन् ।