Lifestyle

चितवन दुर्घटनामा परी नेता अधिकारीको निधन

नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तिलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । प्रहरीका अनुसार सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको हो ।
नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकाअधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाकाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहे पनि भने चालक फरार छन् ।पाल्पा — पाल्पाको रामपुरस्थित सहिद क्याम्पसको कम्पाउण्ड भित्र साेमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ ।राति साढे १० बजे भएकाे विस्फोटबाट क्याम्पसको भर्खरै निर्माणगरिएकाे पर्खालमा क्षति पुगेको छ।सिलिण्डर विस्फोट कस्ले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन। अज्ञात समूहले मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भुपाल रानाले बताए। रातिको समयमा ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीयहरु त्रसित बनेका छन्। विगतमा बन्दका बेला सामान्य प्रभाव रहने रामपुरका बजार क्षेत्र, शैक्षिक संस्था तथा कार्यालय ठप्प बनेका छन्।पाल्पाको तानसेन लगायत अन्य बजार पनि खुलेको छैन। छिटफुट दुई पाँग्रे सवारी चले पनि अन्य साधन चल्न सकेका छैनन्।काठमाडौं । मलेसियामा पक्राउ परेका ३ जना नेपाली कलाकारहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन

साताअघि मलेसिया आएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हाल फिर्ती केन्द्रमा राखिएको छ ।उनीहरुलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा राखीएको नेपाली दूतावासले जानकारी दिएको छ । पक्राउ परेकाहरुको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो ।दूतावास स्रोतका अनुसार स्वदेश फर्काउनका लागि आवश्यक पर्ने आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको छ । हवाई टिकट लगायत केही प्रक्रिया मात्र बाँकी रहेको र उक्त काम भइरहेको जनाइएको छ ।‘अब केही दिनमै हवाई टिकटको व्यवस्था गरी उहाँहरुलाई स्वदेश फर्काउन सकिनेमा हामी आशावादी छौं,’ दूतावासका एकजना अधिकारीले भने ।पक्राउ परेकाहरुको उद्धारको पहल गर्न एवं पछिल्लो अवस्थाबारे बुझ्न गैरआवासीय नेपाली संघका महासचीव सुन्दर आले र सदस्य दिल कुमार केरुङ सोमबार क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा पुगेका थिएकार्यक्रममा सहभागी हुन आएका ती कलाकारहरुसहित स्थानीय नेपाली कलाकार र आयोजक टोलीसहित ३२ जना अध्यागमन उल्लंघन गरेको आरोपमा यसै महिना ६ तारिक मा कार्यक्रमस्थल हुने भनिएको स्थान क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै पक्राउ परेका थिए ।दूतावासका अनुसार पक्राउ पर्ने अन्य कतिपय छुटिसकेका छन् भने कतिपय अदालतको फैसलापछि जेल र फिर्ती केन्द्रमा छन् । मलेसियामा अदालती फैसलाअनुसार जरिवाना रकम तिरेका र जेल सजाय पूरा गरिसकेपछि फिर्ती केन्द्रमा राख्ने गरिन्छ । फिर्ती केन्द्रमा रहेकाहरु हवाई टिकटको व्यवस्था मिलाएर स्वदेश फर्कन पाउँछन् ।-असफल यात्री/चौतारीपोष्ट