Lifestyle

भर्खरै काठमाडौं बाट आयो यस्तो दुखद घटनाको। खबर

काठमाडौं। सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् । उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘दुवै एकै ठाउँका हुन् । युवती विवाहित र बालकोटमा बस्ने रहिछन् । उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने ।ठगिइसकेपछि मात्रै युवती आफ्नै गाउँकी भएको खुलासा
यही बीचमा कार्कीलाई अर्की एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्वीकार गरे । उनको कुराकानी नयाँ युवतीसँग पनि हुन थाल्यो । कुराकानीकै क्रममा युवतीले आफू ‘संगीता बस्नेत’ को घरबेटी भएको बताइन् । युवतीसँग उनी अझ नजिकिए । उनले आफ्नो प्रेमिकाका बारेमा अझ गहिरिएर सोध्न थाले । युवतीले पनि ‘संगीता असल केटी भएको र विवाह गर्दा राम्रो हुने’ सल्लाह दिन थालिन् ।कुराकानीकै क्रममा ती युवतीले ‘संगीता गम्भीर बिरामी भएको र उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको’ बताइन् । प्रेमिका विरामी परेको खबरले उनलाई बेचैन बनायो । उनले सोही युवतीमार्फत उनको मुटुको अप्रेसन गर्र्नुपर्ने थाहा पाए । उनी तुरुन्तै भेट्न नर्भिक अस्पताल जाने मनस्थितिमा पुगे । युवतीलाई फोन गरे । युवतीले नर्भिक आउन भनिन् । उनी तुरुन्तै पुगे ।युवती नर्भिक छिर्ने गेटमै भेटिइन् । भेट्न डाक्टरको स्वीकृति लिनुपर्ने भन्दै दुई घन्टा कुराइन् । पछि भेट्न नमिल्ने

डाक्टरको सल्लाह रहेको उनले भनिन् । सहयोग गर्न भन्दै लिएर गएको डेढ लाख रुपैयाँ युवतीको हातमा राखिदिए । निराश हुँदै उनी घर फर्किए । भोलिपल्ट फेरि प्रेमिका भेट्न उनी अस्पताल पुगे । यसपटक पनि उनले भेट्न सकेनन् । तर, रकम भने कहिले आइएमई गरेर पठाउँथे । कहिले युवतीको
हातमा राखेर पठाउँथे ।प्रेमिका अब बाँच्न नसक्ने खबर उनले युवतीमार्फत थाहा पाए । भावुक बनेका उनले प्रेमिकाका फोटो राखेर नयाँ फेसबुक आइडी बनाउने निधो गरे । स्वीकृतिका लागि युवतीलाई सोधे । उनले हुन्छ भनिन् । लगत्तै कार्कीले युवतीको फोटो राखेर फेसबुक आइडी बनाए । हुनेवाला श्रीमती भन्दै आइडीमा भावना पोख्न थाले । त्यसको केही दिनपछि उनलार्ई प्रहरीको फोन आयो । अनुसन्धानका लागि भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु बेलाइयो ।उनी निर्धक्क महाशाखा पुगे । सोधीखोजी गर्दा बल्ल पो थाहा पाए, प्रेमिका आवरणमा गफ गर्ने र आफूलाई घरबेटी भन्दै प्रेमिकाबारे वर्णन गर्ने युवती आफ्नै गाउँकी संगीता बस्नेत भुजेल रहिछिन् । प्रेमजालमा परी रकम ठगी गर्न उनले फेक आइडी बनाएकी रहिछिन् । जसमा फोटोसमेत अर्कै युवतीको राखेकी रहिछिन् । फोटोको दुरुपयोग भएको भन्दै ती युवती उजुरी लिएर प्रहरीमा पुगेपछि मात्रै यी रहस्य बाहिरिन पुग्यो । ‘पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत ठगी गर्ने यस्ता घटना बढेका छन् । प्रलोभनमा परेकाहरू फसेका छन्,’ थापाले भने ।

यसरी ठगिए कार्की
कार्की नेपाली सेनाका जवान हुन् । उनको काठमाडौंमै ड्युटी छ । अविवाहित उनी सामाजिक सञ्जालमा रमाउँदै थिए । यही क्रममा ‘संगीता बस्नेत’ नामको फेसबुक आइडीबाट ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । आइडीमा अपलोड फोटो आकर्षक थियो । एसेप्ट गर्नुपूर्व उनले आइडीको प्रोफाइल हेरे । प्रोफाइलमा केही फोटा देखिए । सबै आकर्षक थिए । उनले फ्रेन्ड रिक्वेस्ट स्विकारे । लगत्तै आइडीवालाले ‘हाई’ भन्यो । उनले जवाफ फर्काए ।दुईबीच निरन्तर कुरा हुन थाल्यो । फोन नम्बर आदान–प्रदान भए । अब कुराकानी फोनबाट पनि हुन थाल्यो । दुईबीच अन्तरंगका सबै कुराकानी भए । कार्की युवतीसँग भिडियो कल गर्न चाहन्थे, तर, उनी सधैँ टारिरहन्थिन् । फेसबुक र फोनमा भने घन्टौँ गफिन्थे । यसवेलासम्म कार्की युवतीको प्रेममा परिसकेका थिए । उनले तिनै युवतीसँग विवाह गर्ने मनस्थिति बनाए । फोनबाटै युवतीसँग विवाहको प्रस्ताव गरे । युवतीले पहिलो प्रस्ताव नै सहर्ष स्वीकार गरिन् । कार्की युवतीलाई भेट्न चाहन्थे, तर उनी भने अनेक बहाना झिकेर भेट्न इन्कार गरिरहन्थिन् ।