Lifestyle

घोराही उपमहानगरपालिका

बुटवल, १३ साउन । दाङमा तीन दिनअघि मृत फेला परेकी एक महिलाको घटना पछाडि थप रहश्य खुल्दै जान थालेको छ ।शुक्रबार बिहान करीब ७ बजेको समयमा घोराही उपमहानगरपालिका–१७ की २७ वर्षीया रीता डाँगीलाई छिमेकी रमिता केसीले आफ्नो श्रीमानसँग शारीरिक सम्पर्क राख्दै आएको आरोप लगाउँदै उनी र उनकी आफन्त श्रीमाती ओली समेतले घरमै आई लछारपछार गरेका थिए ।घरमा भाँडा माझ्न लागेकी रीतालाई जगल्टाउँदै कुटपिट गरेर ढलाएको उनकी सासु श्यामकली डाँगीले देखेकी थिइन् । छुट्टयाउन खोज्दा उनलाई समेत घुच्याइएको थियो ।त्यो देखेपछि रीताका ससुरा पहलबहादुर डाँगी प्रहरी गुहार्न हिँडेको बताइन्छ । प्रहरीसहित उनी फर्केर आउँदा रीता घरदेखि करीब सय मिटरको दूरीमा पर्ने रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।रीताका श्रीमान मोहन डाँगी बैदेशिक रोजगारका लागि कोरियामा रहेका छन् । उनका ४ वर्षीय एक छोरा छन् । रीताका दाजु चन्द्रविक्रम खड्काले बहिनीको कुटपिटसँगै हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ती दुवै जना महिलाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा दायर गरेका छन् । आईतबार खड्काले अर्को रहस्य खुलेको बताउँदै मुद्धाले अर्को मोड लिन लागेको बताए‘मैले कोरियामा रहेका ज्वाँईसँग बुझ्दा रमिता केसीका श्रीमान फर्शुराम केसीले केही समयअघि मेरी बहिनी रीतालाई बलात्कार गरेको र बहिनीले उक्त कुरा ज्वाँईलाई समेत भनेको खुलेको छ’, दाजु खड्काले भने, ‘अब

फर्शुराम केसीविरुद्ध पनि मुद्धा दिने सोचमा छु । ’घटना एक वर्ष अघिको हो । रीतालाई क्यान्सर भएको हुन सक्ने आशंकामा अघिल्लो साउन महिनामा
चितवनको भरतपुरमा जचाउँन पठाइयो । छिमेकी मात्र नभई फर्शुराम केसी रीताका माईती तर्फका आफन्त समेत थिए । उनैको साथ लगाएर भरतपुर पठाएका बेला फर्शुराम र रीताबीच अवैध सम्वन्ध रहेको चर्चा चल्न थाल्यो ।स्थानीयका अनुसार उक्त घटनाबारे गत मंसिर महिनामा समेत स्थानीय अगुवाहरु
बसेर आफन्तबीचको कुरा भनेर भित्रभित्रै मिलाइएका थिए । कोरियामा रहेका रीताका श्रीमान मदन डाँगी श्रीमतीबाट थप कुरा खोतल्न फकाउँदै र मोवाईल रेकर्डको प्रयोग गर्दै आइरहेका थिए । पछिल्लो चरण रीतालाई सबै कुरा भन, ‘केही फरक पर्दैन भनेर मन चोर्दै रकर्ड गर्दै गर्न थाले । रीताको पालो पर्शुराम र आफु बीचको सबै कुरा बताइन् ।’श्रीमती र आफूबीच भएको करीब १५ मिनेटको अडियो श्रीमान मदनले घर पठाइदिए । असार ८ गते राति उक्त अडियो सुनाउँदै रीताका ससुरा र अर्का एक ब्यक्तिले रीतालाई निकै बरेसम्म केरकार र गाली गलौज गरिरहे । त्यतिले मात्रै नपुगेर उनै फर्शुरामको घरमा पुगेर ‘यी हामीले तिमीहरूको लसपस बारे प्रमाण पायौं, रीतालाई तैले स्यहार’सम्म भनियो । त्यहाँबाट उनीहरू करीब ५ बजेको समयमा प्रहरी कार्यालयमा समेत पुगे काठमाडौँ, १२ साउन । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८

जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन् ।दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय
आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुुभयो । यस अवधिमा ४१४ विपद्का घटना भएका छन् । विपद्मा परी ८० जना घाइते भएका थिए ।अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् । केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १३४, पहिरोको २२७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन् । बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् । बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेको खनालले बताउनुभयो ।अहिलेसम्म रु एक अर्ब सात करोडभन्दा बढीको क्षति भएको छ । बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ । पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ । डोल्पामा सात जना हराइरहेका छन् । गत असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए ।विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ । खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ । –रासस

The post घोराही उपमहानगरपालिका appeared first on All top Here.