Lifestyle

अष्ट्रेलियामा कार दुर्घटना, दुई नेपाली को मृत्यु ३ जना घाइते

स्याङ्जा / कार दुर्घटना हुँदा अष्ट्रेलियमा स्याङजाका २ जना विद्यार्थीको मृ*त्यु भएको छ । भने अन्य ३ जना घाइ*ते भएका छन् । शनिबार राति अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै भएको कार दु*र्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्या*न गएको हो । मृ*तक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिले बताएकाे छ।

विदाको समयमा साथीसँग हिउँ खेल्न हिँडेका १५ जनामध्ये ५ जना चढेको कार दुर्घट*नामा परेको हो । अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घ*टनामा परेको थियो । अन्य १० जना खाना खाएर क्यानबेरामै बसे पनि ५ जना भने राति नै स्नोई माउण्टेनतिर हिँडेको बताइएको छ ।

क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घाइते आश्विन कडेलले बताए। आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ। दुर्घटनामा सख्त घाइते २ लाई हेलिकप्टरमार्फत लगेर उपचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अ*ल्पायुमै गुमाउनु परेकोमा स्याङ्जाबासी शोकमा डुबका छन्।