Lifestyle

२ सय ५६ प्रहरी प्रहरी बर्खास्त

पछिल्लो एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने २ सय ५६ प्रहरीले जागिर गुमाएका छन्।

उनीहरूमध्ये २ सय ४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सेवाबाट हटाइएकामा १ एसपी, २ इन्स्पेक्टर, पाँच सइ, ११ असइ, २४ हवल्दार, १ सय ९५ जवान र ११ जना कार्यालय सहयोगी छन्।

त्यस्तै, १÷१ जना असइ र सइ, २ हवल्दार, २ जवान र १ कार्यालय सहयोगीलाई बर्खास्त गरिएको छ ।

सेवाबाट हटाइएकाले प्रहरीबाट पाउने पेन्सनलगायतका सुविधा पाउँछन् भने बर्खास्त हुनेहरूले पाउँदैनन्। आर्थिक वर्ष ०७४/७५ मा २ सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।

सेवाबाट हटाइएका सबैभन्दा माथिल्ला अधिकारी कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले उनी र इन्स्पेक्टर जगदी भट्टलाई सेवाबाट हटाएको हो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।