News

कतारमा अलपत्र नेपाली भन्छन्- ‘हामीलाई नेपाल फर्कन सहयोग गर्नुहोस् र सेयर गरेर रवि दाइको मा पुराई दिनु होला !

कतारमा अलपत्र ७ नेपाली अझै समस्याको सामना गरिरहेका छन् । मे २२ तारिख अर्थात् जेठ ८ गते त्यहाँ पुगेका उनीहरुले नेपाल फर्कन सहयोग मागेका छन् । मेनपावर कम्पनीले संझौताअनुसार काम नदिएकाले उनीहरु अलपत्र परेका हुन् । उनीहरु कतारको दोहा नज्मा भन्ने ठाउँमा छन् । दुई दिनअघिसम्म भने दोहाको अल्सादमा थिए ।अलपत्र पर्नेहरुमा खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री छन्। त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुनिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान समेत अलपत्र परेका छन्।

उनीहरु काठमाडौंको गोगंबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालिमार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए।हामीलाई १२ देखि १४ सयसम्म तलब दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिए तामाङले भने तर त्यसको बदला कतार ल्याएर हामीलाई अलपत्र पार्‍यो।तामाङले अनुरोध गरे हामी नेपाल फर्कन चाहन्छौं सहयोग गर्नु पर्‍यो।त्यहाँस्थित दूतावास जाने खर्चसमेत नहुँदा थप समस्यामा परेको उनीहरुले बताएका छन्। दूतावास जाने खर्च पनि छैन।तामाङले भने अब के गर्ने भन्ने नै थाहा छैन।आफूहरु अलपत्र परेको समाचार आएपछि तीन दिनदेखि सन्देश केसी नामको व्यक्ति आएर नेपाल पठाउँने आश्वासन दिए पनि अहिलेसम्म नपठाएको तामाङले सुनाए।समाचार आएपछि सन्देश केसी भन्ने एजेन्ट आएर नेपाल फर्काउने आश्वासन दिएको छ।’ तामाङले भने–डुबेको पैसाको कुरा गर्दा यसको जिम्मेवारी नहुने भन्छ।

यसबारेमा नेपाली दूतावासमा फोन गर्दासमेत बेवास्ता गरेको तामाङले गुनासो गरे। खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्माले आफूहरुको तर्फबाट सहयोग हुने बताए पनि पछिल्लो समय भेट हुन नसकेको तामाङको भनाइ छ।
अन्य समाचार, गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका ।
१. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ । २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ । ३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।

५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ । श्रीमानले गरे ६ वटी श्रीमतीसँग एकैपटक यौन सम्पर्क, त्यसपछि घट्यो यस्तो डरलाग्दो घटना !लिवर अर्थात् कलेजोको सम्पूर्ण फोहोर वा खराबीलाई एकपटकमै हटाउने यो गोप्य घरेलु औषधी ! लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौं केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।

समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ। कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।
त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।

यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ। ५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ। लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ। अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि: १. यसको लागि चाहिने सामग्रीहरु: लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।

बनाउने विधि: लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने । लगभग एक गिलास जुस बनाउने। अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने। यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ।
२. मुलाको पात: मुलाको पातमा भिटामिन A, B र C पाइन्छ। यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ। यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ।

३. किसमिसको पानी: करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने । साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।
४. गहुँको जुस: गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ। साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो। गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ। यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ। एजेन्सी

कुश्मा – पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला आयोजक समितिले जनाएको छ ।
मूल समिति निर्माणसँगै हालसम्म रु २८ लाख जुटिसकेको छ । मूर्ति निर्माणका लागि १५१ जनालाई संस्थापक बनाइने आयोजकले जनाएको छ ।आगामी २०७६ जेठ १ देखि ११ गतेसम्म धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होम आयोजना गरिने छ भने त्यसपछि आगामी वर्ष पनि धार्मिक मेला सञ्चालन गरिनेछ ।मुख्य प्रवचक पं. ईश्वरकृष्ण महाराजजीले भन्नुभयो,

“पार्वतीजको जन्मभूमिको रुपमा परिचित कुश्मा र भगवान् शिव गुप्त हुनुभएको भनी विश्वास गरिएको गुप्तेश्वर क्षेत्रमा विश्वकै अग्लो शिवपार्वतीको मूर्ति बनाइन हामी लागेका छौँ ।”मूर्ति निर्माणका हालसम्म नै २८ जना स्थानीयवासीले रु एक–एक लाख दान बोलिसक्नुभएको भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।अन्य गुल्मीमा बैकुण्ठ चतुदर्शीका अवसरमा लाग्ने मालिका मेला तथा मालिकादेवीको दर्शनका लागि बाग्लुङ्ग तथा अर्घाखाँची लगायतका जिल्लाका भक्तजनहरु मालिका मन्दिरमा शुक्रबार विहानैदेखि दर्शन तथा पुजाआरधा गर्न हजारौ दर्शनार्थीहरुको घुइचो लागेको छ ।
थै चिच्याएर बर माग्ने परम्परा तोड्दै अहिले मनमनै माग्न थालिएको छ । पहिला अन्धविश्वासले पनि चिच्याउने गरेको भएता पनि आजभोलि त्यो परम्परा क्रमश अहिलेको पुस्ताहरु प्राय सबै पढेलेखेका र विद्धान र चेतनाको स्तर वृद्धि भएपछि बर पाइन्छ भने मनले कल्पना गरेपनि बर पाइन्छ भनेर प्राय सबैले मनमनै बर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए ।

जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिने गरेको छ । मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अघाखाँची लगायतका स्थानहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर बर माग्ने गर्दछन् । आफ्नो मनाकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाकल चढाउन मालिकामा भक्तजनको घुइचो लागेको हो ।