Lifestyle

काठमाडौंमा उपसचिवको छोरी माथि गोली प्रहार

काठमाडौँको कलंकीमा गोली चल्यो काठमाडौ – काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार भएको गरेका हुन् । शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। महाशखाका प्रवक्ता केदार ढकालले वरिपरिका घर खानतलासी गर्दा दुई थान हतियार फेला परेको समेत बताए ।काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई साथमा लिएर प्रधानमन्त्री आइतबार जंगी अड्डा पुगेका हुन्। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानमन्त्री र मन्त्रीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा स्वागत गरेका थिए। यसक्रममा प्रम ओलीले जंगी अड्डाको
निरीक्षण समेत गरेका थिए।त्यसपश्चात प्रधानमन्त्री तथा मन्त्रीहरुको टोलीलाई नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधिन काठमाडौं तराई मधेस

द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनामा हालसम्म भएका प्रगतिबारे आयोजना प्रमुखले जानकारी गराएका थिए। सेनाको काममा प्रधानमन्त्री ओलीले सन्तुष्टि जनाउँदै प्रशंसा गरेका थिए। कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो।काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन्।लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ। अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ।अध्यक्षद्वय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ।