Lifestyle

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई माफियाको सातो उड्ने गरी गर्जिए

सबैले दिएको बधाइ मेरा लागि निक्कै ठूलो चुनौती होः योगेश भट्टराई योगेश भट्टराई माफियाको सातो उड्ने गरी पदभारमै गर्जिए, यहाँ आइस्यो गैइस्यो चल्दैन” -योगेश भट्टराई..हेर्नुहोस् भिडियो।काठमाडौंः नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले सोसल मिडिया तथा अन्य ठाउँबाट दिएका सम्पुर्ण बधाइ आफ्ना लागि चुनौती भएको बताएका छन् ।बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले यी सबै बधाइलाई आत्मसाथ गर्दै आफ्नो काममा अत्यन्तै बलियो भएर लाग्ने बताएका छन् । हेर्नुहोस् भिडियो

कार्यक्रममा बोल्दै उनले भने, ‘सोसल मिडियामार्फत मलाई धेरै ठूलो बधाइ आएको छ, त्यो बधाइ मेरो लागि निक्कै ठूलो चुनौती होजस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामनालाई अगाडि बढ्नु मेरो दायित्व हुने छ,।’

साथै उनले आफु असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने पनि बताएका छन् । सो कार्यक्रममा बोल्दै उनले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भए भने त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ,त्यसपछि म पछाडि हट्छु ।’
उनले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

यो पनि..असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्छु : भट्टराई
काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।

बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ, त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ, म पछाडि हट्छु ।’

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले भने, ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए । सम्झौतापछि मन्त्री नियुक्त भएकाले भट्टराईसँग करार सम्झौता हुन बाँकी छ ।यो खबर नेपाली जनतामा प्रकाशित छ ।