Lifestyle

काठमाडौं मा खतरनाक दुर्घटना

काठमाडौं सिफलचौरमा काठमाण्डौ महानगरको फोहोर उठाउने गाडी उडेर अर्को गाडीमा चढेको छ ।

शुक्रबार बिहान बा १ ग २२९८ नम्बरको गाडीका चालकले मादक पदार्थ सेवन गरेर चलाउदाँ भूईमाट ५ मिटर माथी उडेको स्थानीय प्रत्यक्षदर्शीले बताए । उक्त गाडीले पार्किङमा राखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। बिहानको समयमा भएको गम्भीर दुर्घटनामा कुनै मानवीय क्षति भने भएन। भण्डारखालको जंगल नजिकैको मोडमा दुर्घटना भएको हो । एक्कसी उछिट्टएको गाडी अग्लो माटोको ढिस्को नाघेर गाडी चौर हुँदै अर्को साइडको बाटोमा पार्किङ गरिरहेका ट्याक्सीमाथि चढेको छ ।

दुर्घटनाका क्रममा २ फिट अग्लो पर्खाल टायरले समेत नटेकी उफ्र्रिदा बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा ठूलो क्षति पुगेको छ । मापसेले मातेका चालकले अन्धधुन्ध गाडी हाँकेको देखेका स्थानीयले भागे ज्यान जोगाएका थिए । अन्याथा ठुलो मानवीय क्षति हुने अवस्था रहेको प्रत्यक्षदर्शी बताउछन । अहिले चालकलाई गौशाला प्रहरीमा राखेर अनुसन्धान भैरहेको छ ।