News

अन्तिम संस्कार गर्न घाटमा पुर्‍याएर फर्काएको १० दिनपछि नर्मताको मृत्यु ब्रेकिङ न्युज





पाल्पा । मृत्यु भइसकेको ठानेर अन्तिम संस्कार गर्न भन्दै घाटमा पुर्‍याएर जिउँदै भेटिएपछि पुनः उपचारका लागि अस्पतालमा फर्काइएकी पाल्पाको रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ ।

उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेको ज्ञवालीको १० दिनपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । अन्नपूर्ण पोष्ट बाट